काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा सोलिडारिटी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एन्फाले आइतबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता कात्तिक २९ गते गर्ने जनाएको छ ।
प्रतियोगितामा औधोगिक प्रतिष्ठान,बैकर्स, दुतावास तथा गैरसरकारी संस्थाको सहभागिता रहने छ ।
एन्फाले सहिद स्मारक 'ए' डिभिजन लिगलाई मध्यनजर गर्दै यस प्रतियोगिता गर्न लागेको जनाएको छ । 'ए' डिभिजन लिग आगामी मंसिर २८ गतेबाट सुरु हुनेछ ।
एन्फाले प्रतियोगिताको थप जानकारीबारे पछि जानकारी गराउने बताए ।