एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलान र रोमाले जित निकालेका छन् ।
शनिबार राति भएको खेलमा इन्टरले बोलोग्नालाई २-१ गोल अन्तरले पराजित गर्यो ।
इन्टरको जितमा रोमेरो लुकाकुले दुई गोल गरे । बोलोग्नाका रोबर्टो सोरियानोले एक गोल फर्काए ।
जितसँगै लिगको दोस्रो स्थानमा रहेको इन्टरले ११ खेलबाट २८ अंक जोडेको छ । १२ अंक जोडेको बोलोग्ना लिगको १२ औं स्थानमा छ ।

यस्तै रोमाले नापोलीलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
घरेलु मैदानमा रोमालाई जित दिलाउन निकोलो जानिलो र जोर्डन भेरेटोउटले एक एक गोल गरे । नापोलीका एरिक मिलिकले एक गोल फर्काए ।
जितसँगै रोमा २२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । १८ अंक जोडेर नापोली छैटौं स्थानमा छ ।
