एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा आर्सनल वुल्भ्ससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाडेको हो ।
खेलको २१ औं मिनेटमा पियर एम्रिक अबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७६ औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै वुल्भ्सलाई हारबाट जोगाए ।

यो बराबरीसँगै आर्सनलले शीर्ष तीन क्लबसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । पाँचौं स्थानको आर्सनलले १७ अंक जोडेको छ । १३ अंक जोडेर वुल्भ्स ११ औं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा सेफिल्ड युनाइटेडले बर्नलीलाई ३-० ले हराएको छ । यस्तै न्युकासलले वेष्ट ह्यामलाई ३-२ ले पराजित गर्दा ब्राइटनले नर्विचलाई २-० ले हराएको छ ।
