एजेन्सी । स्पेनिस लिगमा बार्सिलोनाले अर्को पीडादायी हार आत्मसाथ गरेको छ ।
लियोनल मेस्सीले दिलाएको अग्रतालाई जोगाउन नसक्दा बार्सिलोनाले लेभान्टेसंग ३–१ गाेल अन्तरको हार ब्यहोरेको हो ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले सिजनको तेस्रो लिग हार ब्यहोर्न बाध्य भयो ।
खेलमा अग्रता भने बार्सिलोनाले ३८ औ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोलबाट लिएको थियो ।

तर ६१ औ मिनेटमा जोस कम्पानाले गोल गर्दै लेभान्टेलाई खेलमा फर्काएका थिए ।
बेरजा मेयरालले ६३ औ मिनेटमा गोल गर्दै लेभान्टेलाई अघि बढाए ।
६८ औ मिनेटमा निमन्जा राडोजाले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।
जित सहित लेभान्टे १२ खेलबाट १७ अंक सहित तालिकाको आठौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोनाको २२ अंक छ ।
बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसंग मात्र एक अंकको अग्रता लिएको छ ।