नुजनले जिउ-जित्सुको विश्व च्याम्पियनसिप खेल्ने
बिहिबार, कार्तिक १४, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालका नुजन श्रेष्ठले अमेरिकामा आयोजना हुने जिउ जित्सु विश्व लिग फल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिता अमेरिकाको डालसमा शनिबार आयोजना हुनेछ । प्रतियोगिताका लागि नुजन बिहिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।
यसै वर्ष उनले डालसमै भएको जिउ जित्सु विश्व लिगमा स्वर्ण जितेका थिए ।
नुजन ब्रजिलियन जिउ जित्सु खेलका ह्वाइट बेल्ट खेलाडी हुन् ।
यसअघि नुजनले आईबीजेजेएफ डालस फल अन्र्तराष्ट्रिय ओपनमा कास्य पदक हात पारेका थिए । त्यस्तै जिउ जित्सु विश्व लिग टेक्सासमा रजत, रिक्सन ग्रासी कपमा स्वर्ण जितेका थिए ।










-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
