लिटल फ्लावर क्रिकेट लिग कात्तिक तेस्रो साताबाट

धनगढी । लिटल फ्लावर प्रिमियर लिग क्रिकेट कात्तिक तेस्रो साताबाट सुरु हुने भएको छ ।
आयोजक संस्कार क्रिकेट एकेडेमीले धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै लिगबारे जानकारी गराएको हो ।
कात्तिक १६ देखि २६ गतेसम्म सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा हुने प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्दा उपविजेताले १ लाख पाउने छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ पाउने छन् ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी हुनु पर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ ।
यस्तै आयोजकले लिगको तयारी चरणमा समेत पुगेको जनाएको छ । एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको ८० प्रतिशत तयारी सकिएको जानकारी गराउँदै खेल मैदान र पीच निर्माण कार्य जारी रहेको जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने विद्यालयहरू -
१. सत्यवती एकेडेमी अत्तरिया कैलाली
२. एविसी आवासीय बोर्डिङ स्कुल, नेपालगन्ज, बाँके
३. नोबेल एकेमडी, दोधारा चाँदनी, कंचनपुर
४. सरस्वती नमुना माध्यमिक विद्यालय, गेटा कैलाली
५. शारदा माध्यमिक विद्यालय धनगढी २ कैलाली
६. सैनिक आवासिय महा विद्यालय, तेघरी कैलाली
७. हिमालयन ह्वाईट हाउस वल्र्ड स्कुल, काठमाडौँ
८. भक्तपुर निष्ट स्कुल, भक्तपुर
९. लिटल बुद्ध एकेडेमी महेन्द्रनगर, कंचनपुर
१०. शारदा विद्या निकेतन बोर्डिङ हाई स्कुल, धनगढी ५ तारा नगर कैलाली
११. त्रिनगर माध्यमिक विद्यालय, धनगढी कैलाली
१२. लिटल फ्लावर बोर्डिङ हाई स्कुल, मिलन चोक धनगढी कैलाली






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)





-1763450218248.jpg&w=3840&q=75)