एजेन्सी । सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा बेल्जियमले सहज जित निकालेको छ ।
आइतबार राति भएको समूह चरणको खेलमा बेल्जियमले काजकिस्तानलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
काजकिस्तानको घरेलु मैदानमा बेल्जियमलाई जित दिलाउन मिची बात्सुआई र थोमस मुनियरले एक एक गोल गरे ।
खेलको २१ औं मिनेटमा बात्सुआईले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५३ औं मिनेटमा मुनियरले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए ।
जितसँगै समूह 'आई' को बेल्जियमले ८ खेलबाट २४ अंक जोडेको छ ।छनोटमा बेल्जियमको यो आठौं जित हो ।
शीर्ष स्थानको बेल्जियम यसअघि नै युरोकपमा छनोट भईसकेको छ ।
काजकिस्तान ७ अंक जोडेर चौंथो स्थानमा छ ।
