काठमाडौं । तेस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले अहिले आयोजक भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भुटानसँग गोलरहित बराबरी खेलेको छ । पहिलो हाफमा नेपालले गोलको केहि अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
प्रतियोगिताबाट बाहिरिसकेको नेपालले लिग चरणको अन्तिम खेलमा घरेलु टोलीसँग खेलिरहेको हो । भुटान समेत प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपाल आफ्नो पहिलो खेलमा भारतसंग पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशलाई नतिजा सुम्पिएको थियो ।
प्रतियोगिताको उपाधिका लागि भने भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ ।