काठमाडौं । साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको लिग चरणको अन्तिम खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।
मुख्य प्रशिक्षक राकेश श्रेष्ठले घरेलु टोली भुटानविरुद्वको खेलमा तीन खेलाडीलाई परिवर्तन गरेका छन् ।
उनले बंगलादेशविरुद्व पछिल्लो खेलमा उत्रिएका सुस्मा घर्तिमगर, निकिता थोकर, मन्दिरा राईलाई आराम दिएका छन् ।
तीन जना नयाँ खेलाडीमा मन्जुकुमारी खड्का, ममता पुन र सुनकला राईलाई सुरुवाती प्लेईङ सेटमा समेटिएको छ ।
उनको सार्वजनीक गरेको सुरुवाती प्लेईङ सेटमा मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, मनमाया दमाई, प्रीति राई, अमिसा कार्की, अनु राई, सविना चौधरी, पुष्पा गुरुङ, ममता पुन, सुनकला राई र सावित्री किसन रहेका छन् ।
नेपालले प्रतियोगिताको अन्तिम खेलमा भुटानविरुद्व प्रतिस्पर्धा गर्दैछ ।
सूरुवाती दुई खेलमा पराजित हुदै नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपाल पहिलो खेलमा भारतसंग ४–१ र बंगलादेशसंग २–१ ले पराजित भएको थियो ।
नेपालसंग खेल्न लागेको घरेलु टोली भुटानसमेत प्रतियोगिताबाट बाहिरिसकेको छ ।
प्रतियोगिताको उपाधिका लागि भारत र बंगलादेश भिड्ने पक्का भएको छ ।