राष्ट्रिय क्रिकेट टिम भोलि स्वदेश फर्कने
बिहिबार, २३ आश्विन २०७६खेलपाटी संवाददाता

काठमाडौं । ओमानमा सम्पन्न पाँच देशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा प्रतिस्पर्धा गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि (शुक्रबार) स्वदेश फर्कने भएका छन् ।
नेपाली क्रिकेट टिममा टिम म्यानेजर रमण सिवाकोटीका अनुसार नेपाली टिम शुक्रबार बिहान नेपाल आईपुग्ने छन् । नेपाली टिम बिहान ९:२५ मा नेपाल आईपुग्ने छन् ।
ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल तेस्रो भएको थियो । बिहिबार भएको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।
यसअघि नेपालले सिंगापुरमा त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेको थियो । उक्त सिरिज लगत्तै नेपाली टिम ओमान गएको थियो ।








-1764236044054.jpeg&w=3840&q=75)



-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)