ब्राइट फ्युचरलाई गोल्डेनगेट फुटसल मेलाको उपाधि

काठमाडौं । ब्राइट फ्युचरले पहिलो संकरणको गोल्डेनगेट फुटसल मेला इन्टर स्कुल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहिबार भएको फाइनलमा साहारा बोर्डिङ इन्ग्लिश स्कुललाई ३ – २ गोल अन्तरले पराजित गर्दै ब्राइट फ्युचरले उपाधि जितेको हो ।
ललितपुर च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा ब्राइट फ्युचरलाई उपाधि दिलाउन समर्पण आले मगरले २ गोल गरे । यस्तै दिवस खड्काले एक गोल गरे । साहाराका अनिश केसी र सुन्दर मगरले सामन एक एक गोल फर्काए ।
खेलपाटी डटकमले आयोजना गरेको च्याम्पियनसिपको उपाधिसंगै ब्राइट फ्युचरले २० हजार प्राप्त गरेको छ । उपविजेता बनेको साहाराले १० हजार प्राप्त गर्यो । तेस्रो भएको श्री महालक्ष्मी स्कुलले ५ हजार प्राप्त गरेको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड श्री महालक्ष्मीका विनोद स्याङतान, उत्कृष्ट मिडफिल्डर सराहाका सन्देश मल्ल, उत्कृष्ट डिफेन्डर ब्राइट फ्युचरका दिवस खड्का, उत्कृष्ट गोलरक्षक ब्राइट फ्युचरकै पवन चौहान र उत्कृष्ट प्रशिक्षकमा साहाराका राजिब लामा चुनिए । यस्तै सर्वाधिक गोलकर्ता दिव्य ज्ञानका दिपेन्द्र लामा घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीहरुले ट्रफ्री तथा प्रमाणपत्र प्राप्त गरे ।
कखरा प्रालिको ब्यबस्थापनमा भएको च्याम्पियनसिपमा २६ टोलीको सहभागिता रहेको थियो । च्याम्पियनसिप नकआउट आधारमा खेलाईएको थियो ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि गोल्डेनगेट कलेजका सीइओ रमेश सिलवाल, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष महेश आचार्य, मंचका महासचिव प्रकाश तिमल्सिना, मंचका कार्यसमिति सदस्य सरीता श्रेष्ठ, पुर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य, क्यापिटल मिडिया ग्रुपका प्रबन्ध निर्देशक सुशील राउत, कखरा प्रालिका सीईओ हिम बिक्रम केसी, नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य बिक्रम लामा, भोलेन्टियर फाउन्डेसन नेपालका अध्यक्ष ललित शाही र क्यापिटल एफएमका म्यानेजर बसन्त शर्माले पुरस्कृत गरे ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिलवालले फुटसल खेल नेपालमा विस्तारै फस्टाउदै गएको बताउदै खेलाडीको विकास र वृद्धिमा यो खाले कार्यक्रम आयोजना हुनु पर्ने बताए । विजयी खेलाडीलाई हौशला दिदै सिलवालले अझै धेरै उपाधि जित्नको लागि शुभकामना दिएका थिए ।







-1759666509639.jpg&w=3840&q=75)



copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
-1761730672592.jpg&w=3840&q=75)


-1761707860126.webp&w=3840&q=75)
-1761705403613.webp&w=3840&q=75)
