काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल र घरेलु टिम सिंगापुरबीचको खेल वर्षाले प्रभावित भएको छ ।
वर्षाको कारण इन्डियन एसोसियसनको मैदानमा तय भएको नेपाल र सिंगापुरबीचको खेल टस समेत भएको छैन ।
आज सिंगापुरविरुद्ध मैदानमा उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । यस्तै नेपाल सिंगापुरलाई पराजित गर्दै सिरिजको उपाधि जित्ने आशा कायम राख्न चाहन्छ ।
सिंगापुरविरुद्धको पहिलो खेलमा ९ विकेटको जित निकालेको नेपाल उक्त प्रदर्शनलाई कायम राख्ने योजनामा हुनेछ ।
यता, सिंगापुर नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिरिजको दोस्रो खेलमा जिम्बावेलाई हराउन सफल सिंगापुर उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
नेपाल सिरिजको अंक तालिकाको दोस्रो स्थानमा छ । नेपालले ३ खेलमा २ अंक जोडेको छ । ४ अंक जोडेको जिम्बावे शीर्ष स्थानमा छ ।
सिंगापुरलाई हराए नेपाललाई शीर्ष स्थानमा उक्लने मौका रहेको छ ।
आयोजक सिंगापुर २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । त्यसैले सिंगापुर नेपाललाई हराउँदै सिरिजको उपाधि होड कायम राख्न चाहन्छ ।
सिंगापुरले अन्तिम खेलमा बिहिबार जिम्बावेसँग खेल्नेछ ।