एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इन्ग्लिश क्लब टोटेनहमले आज (मंगलबार) राति वायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ ।
टोटेनहमले घरेलु मैदानमा बलियो वायर्नको सामना गर्नेछ । समूह 'बी' मा अन्तर्गत टोटेनहम र वायर्नबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा टोटेनहम पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टिम वायर्नलाई रोक्न टोटेनहमले निकै मेहेनत गर्नु पर्नेछ ।
टोटेनहम लिगको तेस्रो स्थानमा छ । पहिलो खेलमा ओलम्पिकाओससँग २-२ गोलको बराबरी खेलेको टोटेनहमको एक अंक रहेको छ ।
यता, वायर्न भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टोलीविरुद्ध जित निकाल्न वायर्नलाई पनि कठिन हुनेछ ।
पहिलो खेलमा एफके क्रेभेना जेभेज्दालाई ३-० ले हराएको वायर्न ३ अंक जोडेर शीर्ष स्थानमा छ ।
यसै समूहको अर्को खेलमा क्रेभेना जेभेज्दा र ओलम्पिकाओसबीच खेल हुनेछ ।