एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले आज (मंगलबार) राति क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग प्रतिस्पर्धा गर्दैछ ।
सिटीले घरेलु मैदानमा डाइनामोको चुनौती सामना गर्नेछ । समूह 'सी' अन्तर्गत सिटी र डाइनामोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
इदिहाद स्टेडियममा सिटी लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा शाख्तर डोनेक्स्टलाई ३-० ले हराएको सिटी उक्त जितलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
यस्तै सिटी डाइनामोलाई हराएर तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ । सिटीले १ खेलमा ३ अंक जोडेको छ ।
यता, डाइनामो पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा एट्लान्टालाई ४-० ले हराएको डाइनामो शीर्ष स्थानमा छ । सिटीविरुद्ध डाइनामो त्यहिँ प्रदर्शनलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
यसै समूहको अर्को खेलमा एट्लान्टाले शाख्तर डोनेक्स्टसँग खेल्नेछ । दुवै टोली पहिलो अंकको खोजीमा हुने छन् ।