धनगढी । निर्माण व्यवसायी संघ कैलालीले केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
सोमबार भएको उद्घाटन खेलमा निर्माण व्यवसायीले ईटा व्यवसायी संघलाई ८-० गोल अन्तरले पराजित गर्यो । निर्माणका लागि गन्जबहादुर केपछाकीले ७ गोल गरे । यस्तै विक्रम विष्टले एक गोल थपे ।
नैनादेवी युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार लिग चरणका चार खेल हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित टफी र मेडल पाउनेछन् ।
प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टिमको सहभागिता रहेको छ ।