शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आयोजक रुसविरुद्ध एसियन राष्ट्र साउदी अरेबिया

बिहिबार, जेठ ३१, २०७५खेलपाटी संवाददाता
आयोजक रुसविरुद्ध एसियन राष्ट्र साउदी अरेबिया
Classic Tech Internet Ad

एजेन्सी । २१ औं संस्करणको फिफा विश्वकप फुटबल रुसमा आजबाट सुरु हुँदैछ । मस्कोस्थित लजनिकी रंगशालामा एक भव्य समारोहकाबीच विश्वकपको औपचारिक उद्घाटन हुँदैछ ।

विश्वकपको उद्घाटन खेलमा आयोजक रुसले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्नेछ । रुस र साउदीबिचको खेल नेपाली समयअनुसार राति ८ : ४५ बजे सुरु हुनेछ । उद्घाटन खेलको ३० मिनेटअघि एक भव्य कार्यक्रम हुनेछ । जसमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन लगायत विश्व चर्चित नेताहरुको उपस्थिति रहनेछ ।

समूह ए मा रहेको दुवै टोली उद्घाटन खेल जित्दै बलियो उपस्थिति बनाउन चाहन्छ । र, लजनिकी रंगशाला मैदानमा दुवैको लक्ष्य ३ अंक जोड्ने हुनेछ । त्यसैले युरोपियन राष्ट्र रुस र एसियन राष्ट्र साउदी अरेबियाबिचको उद्घाटन खेल निकै रोमान्चक बन्ने अपेक्षा गरिएको छ ।

विश्वकपको दोस्रो चरण प्रवेशको लागि पनि दुवैलाई यो खेल निकै महत्वपूर्ण छ । समूह ए मा रुस र साउदीसँगै उरुग्वे, इजिप्ट जस्ता बलिया टोलीहरु रहेका छन् । त्यसैले उद्घाटन खेल जित्ने टोलीको  दोस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ ।  

तुलनात्मक रुपमा साउदी अरेबियाभन्दा रुस निकै बलियो छ । रुससँग युरोपियन फुटबल लिगमा अभ्यस्त खेलाडीहरु छन् । रुसले विश्वकप आयोजनाको जिम्मा पाएसँगै तयारी सुरु गरेको थियो । यता, साउदी अरेबिया मध्य पूर्वी क्षेत्रका लिगमा खेल्ने खेलाडीहरु बोकेर रुस गएको छ ।

रुस र साउदीबीच एक पटक खेल भएको छ । जसमा साउदीले बाजी मारेको छ । सन् १९९३ को अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा साउदीले रुसलाई ४ – २ गोल अन्तरले हराएको थियो । तर, विश्वकपको उद्घाटन खेलको इतिहास हेर्दा रुसलाई फाइदा पुग्ने देखिएको छ । अहिलेसम्मको उद्घाटन खेलमा आयोजक राष्ट्रले हारेको छैन ।

 

सम्भावित प्लेइङ ११ (रुस) इगर एकिनफिव, मारियो फर्नान्डेस, फेडर कुदर्‍यासोव, सर्गी इगानस्चेविक, युरी जिरकोव, रोमन जबनिन, डेलर कुजएव, एलन डेजेगोव, एलेक्जेण्डर सामेडोव, एलेक्जेण्डर गोलोविन, फेडर स्मोल्व

सम्भावित प्लेइङ ११ (साउदी अरेबिया) अब्दुल्लाह अल मेयुफ, ओसामा हवास्वी, उमर हवास्वी, एसर अल साहार्नी, मोहम्मद अल बारीक, अब्दुल्लाह ओतेफ, सलमान अल फराज, याह अल शेरी, ताइसिर अल जसिम, फहाद अल मुवालाद, सलिम अल दसारी

प्लेयर्स टु वाच

फेडर स्मोल्व (रुस)

रुस फुटबलमा पछिल्लो समय गोल स्कोरमा समस्या रहदै आएको छ । रुसले पछिल्लो एक बर्षको मैत्रीपूर्ण खेल र प्रतियोगितामा निकै कम गोल गरेको छ ।

तर, घरेलु मैदानमा हुने विश्वकपमा भने स्ट्राइकर फेडर स्मोल्वबाट आशा गरिएको छ । रुसी क्लब क्रस्नोडोरका फरवार्ड स्मोल्वले गोलको खडेरी अन्त्य गर्ने सम्भावना रहेको छ । २८ बर्षीय स्मोल्वले पछिल्लो ३ सिजन लिगमा ५२ गोल गरिसकेका छन् ।

ओसामा हवास्वी (साउदी अरेबिया)

ओसामा हवास्वी साउदी अरेबियाका भरपर्दा डिफेन्डर र कप्तान हुन् । साउदीको निकै अनुभवी डिफेन्डर हवास्वीले स्टार स्ट्राइकरलाई रोक्न सक्ने क्षमता रहेको छ ।

अल हिलाल क्लबबाट खेल्दै आएका ३४ बर्षीय हवास्वीले राष्ट्रिय टोलीबाट १३५ खेल खेलिसकेका छन्  ।

 

रुस कस्तो टिम ?

रुसको विश्वकप यात्रा लामै छ । तत्कालीन सोभियत युनियन हुँदाबाटै विश्वकप खेल्दै आएको रुसको पछिल्लो यात्रा भने सन्तोस जनक छैन । रुस सन् १९६६ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो ।

सन् २००२ मा विश्वकपमा एक खेल पनि जित्न नसकेको रुस सन् २००६ र २०१० मा रुस विश्वकपमा छनौट हुन् सकेन । रुस पछिल्लो विश्वकप सन् २०१४ मा भने समूह चरणबाटै बाहिरिएको थियो ।

रुसको टिम :

गोलरक्षक : इगर एकिनफिव, भ्यालिमिर गाबलोव, एन्द्रे लुनेभ

डिफेन्स :  भ्ल्यादिमिर ग्रानट फेडर कुदर्‍यासोव, इल्या कुतेपोव, एन्द्रे सेमेनोव, सर्गी इगानस्चेविक, मारियो फर्नान्डेस, इगर मोलनिकोव

मिडफिल्ड :  युरी गाजिन्स्कि,  एलेक्जेण्डर गोलोविन, एलन डेजेगोव, एलेक्जेण्डर इरोखिन, युरी जिरकोव, डेलर कुजएव, रोमन जबनिन, एलेक्जेण्डर सामेडोव, एन्टन मिरानचुक, डेनिस चेरसेव

फरवार्ड : आर्तेम डेजुबा, एलेस्के मिरानचुक, फेडर स्मोल्व

 

साउदी अरेबियाकस्तो टिम ?

एसियन राष्ट्र साउदी अरेबियाको विश्वकप यात्रा पनि लामै छ ।  रुस विश्वकप साउदीको पाँचौ विश्वकप यात्रा हो ।  साउदीले पहिलोपटक सन् १९९४ मा विश्वकप खेलेको थियो । त्यसपछि सन् १९९८ को विश्वकप खेलेको साउदीले सन्  २००२ र २००६ को विश्वकप खेलेको थियो ।

सन् २०१० र २०१४ को विश्वकपमा छनोट हुन् असफल साउदीले यो संस्करणमा सहजै स्थान पक्का गरेको थियो । साउदीले सन् १९९४ को विश्वकपमा अन्तिम १६ को यात्रा तय गरेको थियो ।  त्यो नै साउदीको विश्वकपमा उच्च प्रदर्शन हो ।

साउदी अरेबियाको टिम :

गोलरक्षक : मोहम्मद अल ओएसिस,  यासेर अल मोसेलेम, अब्दुल्लाह अल मेयुफ

डिफेन्स : मन्सुर अल हार्बी, एसर अल साहार्नी, मोहम्मद अल बिरक, मोताज हवास्वी, ओसामा हवास्वी, उमर हवास्वी, अलि अल बुलाही

मिडफिल्ड : अब्दुल्लाह अल खाइब्री, अब्दुलमलेक अल खाइब्री, अब्दुलाह ओतेफ, ताइसिर अल जसिम, हुसेन अल मोगाही, सल्मान अल फराज, मोहम्मद कानु, हतन बाहेब्री, सलिम अल दसारी, याह अल शेरी फहाद अल मुवालाद

फरवार्ड : मोहम्मद अल सालवी, मुहन्नद असिरी

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

Bajaj Pulsar Motorcycle Ad
चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स