• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
प्रिन्स र नविन क्वाटरफाइनलमा 
खेलपाटी संवाददाता
शुक्रबार, असोज १०, २०७६ खेलपाटी संवाददाता
प्रिन्स र नविन क्वाटरफाइनलमा 

काठमाडौं । नेपालका नविन श्रेष्ठले काठमाडौंमा जारी अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहिबार भएको पुरुष एकलतर्फको खेलमा नविनले प्रतियोगिताकै शीर्ष वरीयताका अष्ट्रेलियाका खेलाडी डानियल फानलाई २१–१५, १८–२१, २१–१६ को सेटमा हराए । 

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा रहेका नविन नेपालका सातौं वरीयताका खेलाडी हुन् । 

भोजपुरका नविन विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । क्वार्टरफाइनलमा नविनले नेपालकै युवा स्टार प्रिन्स दाहालसँग खेल्नेछ ।

बिहिबारनै भएको खेलमा प्रिन्सले मलेसियाका मलेसियाका दातु मोहद शाह इजलान सारदिकलाई १५–२१, २१–१७, २१–१३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

महिला एकलतर्फ  नेपालकी सिमा राजवंशी र सिता राई क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

सिमाले नेपालकै सुनयना मुखियालाई २१–१७, २१–१७ र सिताले नेपालकी लोकतमा राईलाई २१–१६, २१–१७ ले पाखा लगाए  ।

सोही स्पर्धाका अन्य खेलमा चिया सिगेयामाले भारतकै दिपाली गुप्तालाई २१–१०, २१–११, चाइनेज ताईपेईकी यु चेईहले भारतकी कनईका कनवाललाई २१–१९, २१–१२, भारतकी गायत्री गोपीचन्द पुलेलाले इन्डोनेसियाकी रिरिन अमेलियालाई २१–१०, २१–८, भारतकी सामिया इमाद फारोक्वीले नेपालकी नङ्शल तामाङलाई २१–५, २१–१३ तथा जापानकी युरी नाकामुराले भारतकी इरा शर्मालाई २१–९, २१–१६ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष डबल्सतर्फ नेपालका विकास श्रेष्ठ र विजित थापामगरको जोडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

विकास र विजितको जोडीले नेपालकै निरन्जन देवकोटा र पूर्ण बहादुर थापाको जोडीलाई २१–१६, २१–१३ को सेटमा हराए  ।

सोही स्पर्धाको अर्को खेलमा नेपालका प्रिन्स दाहाल र नविन श्रेष्ठको जोडीले नेपालकै जीवन आचार्य र दिपक बोहोराको जोडीलाई २१–१५, २१–१८, भारताका प्रतिक रनाडे र अक्सन सेट्टीको जोडीले नेपालका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडीलाई २१–८, २१–९ तथा भारतका रोहन कपुर र सौरभ शर्माको जोडीले नेपालका सुनिल जोशी र सुदिप सेढाईको जोडीलाई २१–५, २१–११ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

अन्य खेलमा नेपालका दिपेश धामी र रत्नजीत तामाङको जोडीले नेपालकै सुरोज मर्हजन र साजनकृष्ण ताम्राकारको जोडीलाई २१–१३, २१–१७, नेपालका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले भारतका विकरान्त चवाट र जिज्ञासु पन्तको जोडीलाई २१–१९, १७–२१, २१–१२ तथा मलेसियाका इजात फरहान अजहर र जचारी चियोङ सेन सिअको जोडीले नेपालका सुजन श्रेष्ठ र बिलाल वारिसको जोडीलाई २१–११, २१–१३ तथा भारतका हिमान्सु मित्तल र सुभम् शर्माको जोडीले नेपालका प्रफुल्ल मर्हजन रुकेश मर्हजनको जोडीलाई २६– २८, २१–१७, २१–१७ को सेटमा हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

मिक्स डबल्समा नेपालका दिपेश धामी र सोभा गौचनको जोडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

दिपेश र सोभाको जोडीले नेपालकै सरोज मर्हजन र अमिता गिरीको जोडाीलाई २१–१५, २१–१९ ले हराए ।

सोही स्पर्धाको अन्य खेलमा नेपालका नविन श्रेष्ठ र अनुमाया राईको जोडीले नेपालकै दिपक बोहोरा र जेसिका गुरुङको जोडीलाई २१–५, २१–८, भारतका किरतेस धिन्दवाल र अनुभा कौशिकको जोडीले नेपालका इरफान अन्सारी र सिमा राजवंशीको जोडीलाई २२¬–२०, १९–२१, २१–१२, नेपालका रत्नजीत तामाङ र नङ्शल तामाङको जोडीले नेपालकै विकास श्रेष्ठ र सिता राईको जोडीलाई २२–२०, २१–१५, थाईल्यान्डका बोरनवाटानोउङ फुथाप्रान र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीले नेपालका विजित थापामगर र पुजा श्रेष्ठको जोडीलाई २१–१०, २१–१२ तथा नेपालका गौतम कठायत र सम्झना शर्माको जोडीले नेपालकै विष्णु कटुवाल र सुनयना मुखियाको जोडीलाई २१–१८, २१–१७ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
१२ वर्षपछि टी–२० फर्म्याटमा भिड्दै नेपाल र स्कटल्यान्ड
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ७ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP