मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

अभिषेक र दिनेश उपाधि नजिक  

मंगलबार, ०७ आश्विन २०७६खेलपाटी संवाददाता
अभिषेक र दिनेश उपाधि नजिक  
Classic Tech Internet Ad

काठमाडौं । नारायणी मिल्कका अभिषेक बोस र स्टार इनभेष्टमेन्टमा दिनेश राई अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत कर्पोरेट सिंगल स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेलमा अभिषेकले बी एन्ड बी का बालमुकुन्द ढुङ्गानालाई २१–१७, २१–१२ को सेटमा हराए ।

अर्को सेमिफाइनलमा दिनेशले टियुका खेमराज भट्टलाई २१–१८, २१–१४ को सेटमा पाखा लगाए । यसअघि मंगलबारनै भएको क्वार्टरफाइनल खेलमा अभिषेकले अमुदी फुड्सका अच्युत बस्नेतलाई २१–११, २१–१३ को सोझो सेटमा हराएका थिए ।

यस्तै दिनेशले एलडी ग्रुपका हेमन्त अग्रवाललाई २१–१५, २१–१८ को सोझो पराजित गरेका थिए ।

ज्योती विकास बैंकका विकाश मर्हजन र कामना सेवाका विशाल खड्का अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको एक्जुकेटिभ सिंगलतर्फ फाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा मंगलबार भएको खेलमा विकाशले जेष्टका रामकुमार बानियालाई १५–२१, २१–१९, २१–१२ को सेटमा हराए ।

अर्को सेमिफाइनल खेलमा विशालले जेष्टकै सुजन थापालाई १३–२१, २१–१२, २१–८ ले पराजित गरे । यसअघि भएको सोही विधाको क्वार्टरफाइनलमा विकाशले जेष्ट ग्रुपमा अखिल श्रेष्ठलाई २१–१५, २१–१३ को सेटमा पाखा लगाएका थिए । विशालले बज्र अटोका रुपेल बादेलाई २१–१५, २१–६ को सेटमा पराजित गरेका थिए ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र पोखरा एचएमका जयराम हमाल कर्पोरेट डबल्स स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको सेमिफाइनल खेलमा पिताम्बर र जयरामको जोडीले मुक्रिनाथ विकास बैंकका प्रेम थापा र बेस्ट फाइनान्सका तोयाराज अधिकारीको जोडीलाई २१–६, २१–१४ को सोझो सेटमा पाखा लगाए । 

सोही स्पर्धामा युनिभर्सल इलेक्ट्रोका हरिओम गुप्ता र बुटवल पावरका खगेन्द्र रेग्मीले पनि फाइनलमा स्थान बनाएका छन् । सेमिफाइनलमा उक्त जोडीले त्रीभ ब्रोकरेजका अनुजराज पौडेल र प्रशान्त ताम्राकारको जोडीलाई २१–१७, २१–१४ को सेटमा हराउन सफल भयो । 

जेष्ट ग्रुपका सुजन थापा र रामकुमार वानियाको जोडी अन्नपूर्ण पोस्ट कर्पोरेट ब्याडमिन्टन अन्तर्गत एक्जुकेटिभ डबल्स स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।

राखेप कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा उक्त जोडीले नारायणी मिल्कका अभिषेश बोस र नियागरा फल्सका शुसिल श्रेष्ठको जोडीलाई २१–१३, १८–२१, २१–१७ को सेटमा स्तब्ध बनायो । 

यसैगरी सोही स्पर्धामा कामना सेवाका विशाल खड्का र बएएनएम सप्लायर्सका विश्वाश नेपालको जोडीले पनि फाइनलमा स्थान बनाएको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन