मंगलबार, २२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

निराजन र रुकेश दोस्रो चरणमा

सोमबार, ०७ श्रावण २०७५खेलपाटी संवाददाता
निराजन र रुकेश दोस्रो चरणमा
Loading ad...
mustang rice ad

काठमाडौं । विभागीय टोली एपिएफका निराजन देवकोटा र त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन राजधानीमा सोमबारबाट सुरु भएको अन्नपूर्ण पोष्ट अन्तर्राष्ट्रिय कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेका छन् ।

निराजनले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबका पूर्ण बहादुर पाथालाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेका हुन् । दिनको पहिलो प्रतिस्पर्धात्मक खेलम निराजनले पूर्णलाई २१–१०, १७–२१, २१–१७ ले पराजित गरे ।

यस्तै रुकेशले बंगलादेशका मइनुल पर्भेजमाथी २१–१३, २१–१४ को सेटमा सहज जित निकाल्दै प्रतियोगिताको दोस्रो चरणको यात्रा तय गरेका हुन् । यस्तै पुरुष एकलतर्फकै अन्य खेलमा बिदेशी खेलाडीविरुद्ध जित हात पार्दै नेपालका बैकुण्ठ श्रेष्ठ र अखिल श्रेष्ठले पनि प्रतियोगिताको दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् ।

बैकुण्ठले बंगलादेशका प्रभाल हसन तालुक्दारलाई २१–१६, १३–२१, २१–१० को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे । एपास इन्टरनेसनलका अखिलले भने भारतका ऐहसान कबीर अलीविरुद्ध २१–१८, २१–१७ को सेटमा सहज जित निकाले ।

पुरुष एकलतर्फ भारतका राजदीप शर्माले पनि विजयी सुरुवात गरेका छन् । उनले क्षेत्र नम्बर चारका विवेक विसीविरुद्ध २३–२१, २१–१४ को सेटमा जित निकाले ।

प्रतियोगिताको महिला एकलतर्फ प्रदेश नम्बर चारकी प्रजिता गुरुङ र प्रदेश नम्बर ६ की पुष्पा साही बिपक्षी खेलाडीबाट वाल्क ओभर पाउदै दोस्रो चरणमा पुगेका छन् । प्रजिताले प्रदेश नम्बर सातकी बिमला ओझा तथा पुष्पाले प्रदेश नम्बर सातकी मियोन तामाङबाट वाल्क ओभर पाएका हुन् ।

महिला एकलतर्फ प्रदेश नम्बर पाँचकी समिक्षा न्यौपाने र सुष्मा श्रेष्ठ तथा पाकिस्तानकी सम्जाद महुर भने आआफ्नो खेलमा जित हात पार्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । समिक्षाले प्रदेश नम्बर दुईकी स्मृती राईलाई २१–६, २१–७, सुष्माले प्रदेश नम्बर दुईको चित्र हरीत्वालालाई २१–११, २१–९ तथा सम्जादले प्रदेश नम्बर ६ की सेस्ना श्रीपालीमाथी २१–५, २१–२ को सेटमा जित हात पारेका हुन् ।

समिक्षाले यू–१९ महिला एकलतर्फ पनि विजयी सुरुवात गरेकी छिन् । समिक्षाले महिला एकलतर्फ बाई पाएकी प्रदेश नम्बर चारकी प्रजिता गुरुङलाई २१–१३, २१–१० ले पराजित गरीन् । यस्तै यू–१९ महिला एकलतर्फ प्रदेश नम्बर चारकी आक्रिती केसी, प्रदेश नम्बर ६ की अग्रिमा भन्डारी र एसबीआई बैंककी सम्भावी पलकले पनि आफ्नो पहिलो खेलमा जित हात पारेकी छिन् ।

आक्रितीले प्रदेश नम्बर पाँचकी सुष्मा श्रेष्ठलाई २१–१८, २१–१४, अग्रिमाले प्रदेश नम्बर ६ की बिश्ना बिष्टलाई २१–१६, २१–१२ तथा सम्भावीले जेष्ठका प्रिती सिंह राजबंशीलाई २१–१४, २१–१६ ले पराजित गरेका हुन् ।

यस्तै यू–१९ को पुरुष एकलतर्फ बिनायक लाल श्रेष्ठ र सविन तामाङले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । बिनायकले विपक्षी खेलाडी एसबीआई बैंकका सम्भारी पलकबाट वाल्क ओभर पाएका हुन् भने सबिनले हेमाङ हाङ लिम्बूलाई २१–९, २१–३ ले पराजित गर्दै प्रतियोगितामा बिजयी सुरुवात गरेका हुन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा