पेप्सी गल्फ शनिबार
बिहिबार, भदौ २६, २०७६खेलपाटी संवाददाता
काठमाडौं । चौंथो संस्करणको पेप्सी ओपन गल्फ शनिबार हुने भएको छ । बरुण बेभरेज नेपाल प्रालीको प्रायोजनमा हुने प्रतियोगिता गोकर्ण गल्फ कोर्समा हुनेछ ।
एक दिने प्रतियोगितामा करिब ८५ महिला र पुरुष गल्फरले सहभागिता जनाउने आयोजकले जनाएको छ । १८ होलमा हुने प्रतियोगिता स्टेबल ३/४ ह्याण्डिक्याप फर्म्याटमा हुनेछ ।
प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, सिनियर ६० वर्षमाथिको महिला विजेता, जुनियर विजेता, क्लोजेट टू पिन, लङ्गेस्ट ड्राइभ, मोस्ट बर्डीज, बेस्ट ग्रोसको विजेतालाई पुरस्कृत गरिने छ ।






-1761584666208.jpeg&w=3840&q=75)




-1763024272658.jpeg&w=3840&q=75)

-1762997834781.jpeg&w=3840&q=75)


