• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
दिपेश र रत्न क्वाटरफाईनलमा
खेलपाटी संवाददाता
बिहीबार, भदौ २६, २०७६ खेलपाटी संवाददाता
दिपेश र रत्न क्वाटरफाईनलमा

काठमाडौं । एपिएफका दिपेश धामी र नेपाली सेनाका रत्नजित तामाङ इटहरीमा जारी योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती र्याकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनलमा पुगेका छन् ।

उच्च १६ वरियताका खेलाडीबिच भएको पुरुष एकलको लिग खेलमा दुवै खेलाडी आ-आफ्नो समूहमा शीर्ष स्थान हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

यस्तै भोजपुरका विकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ पनि अन्तिम ८ मा पुग्न सफल भएका छन् ।

समूह बीका राष्ट्रिय च्याम्पियन दिपेशले सेमिफाईनल प्रवेशका लागि समूह डीका उपबिजेता सेनाका रुकेश महर्जनसंग प्रतिस्पर्धा गर्ने छन् । समूह डीका बिजेता सेनाका नविनले समूह बीका उपबिजेता सेनाका प्रफुल महर्जनसंग प्रतिस्पर्धा गर्नेछन् ।

समूह ए मा रत्नले आफ्ना सबै तीन प्रतिद्वन्दिलाई पराजित गर्दै समूह बिजेता भएका हुन् । उक्त समूहबाट उपबिजेताका रुपमा पुलिसका जीवन आचार्यले अन्तिम आठमा स्थान बनाए । अब रत्नले समूह सीका उपबिजेता पुलिसका सुनिल जोशीसंग प्रतिस्पर्धा गर्ने छन् । यस्तै समूह सीका बिजेता विकासले ए का उपबिजेता जीवन आचार्यको सामना गर्ने छन् ।

समूह ए मा रत्नले पुलिसका जीवनलाई २१-६, २१-१०, एपिएफका सुमन लिम्बुलाई २१-१०, २१-१३ तथा गौतम सिंह कठायतलाई १९-२१, २१-९, २१-१४ ले पराजित गरे । यस्तै जीवनले एपिएफका सुमन लिम्बुलाई २१-१८, २४-२२ ले तथा गौतम सिंह कठायतलाई १५-२१, २१-१९, २१-१४ ले हराए । एपिएफका गौतमले आफ्नै क्लबका सुमनलाई २१-१५, २१-१५ ले हराए ।

समूह बीमा दिपेश धामीले सेनाका प्रफुल महर्जनलाई २१-१९, २१-९ ले तथा बाँकेका ईरफान अन्सारीलाई २१-१४, २१-१४ ले र प्रफुलले ईरफानलाई २१-११, २१-१५ ले पराजित गरे । यस्तै समूह सीमा पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले एपिएफका विजित थापामगरलाई २१-१५, २१-९ ले तथा पुलिसका सुनिल जोशीलाई २१-१७, २१-१४ ले र सुनिलले विजितलाई २१-१६, २१-९ ले पराजित गरे ।

समूह डी मा सेनाका नविन श्रेष्ठले सेनाकै रुकेश महर्जनलाई २१-१५, २१-१० ले तथा पुलिसका बिष्णु कटुवालबाट वाक ओभर पाए । पुलिसका बिष्णुले अस्वस्थताका कारण खेल परित्याग गरे पछि रुकेशलाई विजयी बनाईएको थियो ।

महिला उच्च १२ तर्फको एकलमा एपिएफकी जेशिका गुरुङ र सुनैना मुखिया तथा सेनाकी अनुमाया राईले पनि अन्तिम ८ मा स्थान बनाए ।

जेशिकाले समूह डीमा एपिएफकी शोभा गौचनलाई २१-८, २१-१२ ले तथा मोरङकी सिमा राजबंशीलाई २१-१८, २४-२२ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । अब जेशिकाले सेमिफाईनल प्रवेशका लागि समूह बी की उपबिजेता सेनाकी रञ्जना भट्टसंग प्रतिस्पर्धा गर्ने छिन् । सो समूहमा उपबिजेताकी रुपमा मोरङकी सिमा राजबंशी रहिन् । जेशिकासंग पराजित राजबंशीले एपिएफकी शोभा गौचनलाई २१-७, २१-१६ ले पराजित गरिन् ।

यस्तै समूह बी की बिजेता एपिएफकी सुनैना मुखियाले सेनाकी रञ्जना भट्टलाई २१-१९, २१-१४ ले तथा सेनाकै अमिता गिरीलाई २१-१७, २२-२० ले पराजित गरिन् । अब  मुखियाले समूह डीकी उपबिजेता सिमा राजबंशीसंग प्रतिपर्धा गर्नेछिन् । मुखिया संग पराजित रञ्जनाले सेनाकै अमिता गिरीलाई २१-१२, २१-१८ ले पराजित गरिन् ।

अन्तिम आठमा पुग्ने क्रममा समूह सी की बिजेता सेनाकी अनुमाया राईले मोरङकी निता लम्साललाई २१-१७, २७-२५ ले तथा भोजपुरकी सिता राईलाई १९-२१, २१-१७, २१-१२ ले पराजित गरिन् । अब उनले क्वाटरफाईनलमा समूह ए की उपबिजेतासंग प्रतिस्पर्धा गर्नेछिन् । यस समूहमा निता लम्साल उपबिजेता बनिन् । निताले सिता राईलाई १८-२१, २१-१९, २१-१७ ले पन्छाउन सफल भईन् ।

समूह ए मा राष्ट्रिय च्याम्पियन रशिला महर्जनले बिजयी सुरुवात गरेकी छिन् । उनले बाँकेकी संझना शर्मालाई २१-११, २१-१३ ले पाखा लगाईन् । यस समूहको बाँकी खेल बिहिबार हुने कार्यक्रम रहेको छ ।

ब्याडमिनटनको खेल सामाग्री उत्पादन गर्ने योनेक्सको नेपाली आधिकारीक बिक्रेता योनेक्स सनराईजको प्रायोजन रहेको प्रतियोगिताको महिला खुला एकल तर्फ जेष्टकी मनिषा खड्का, सूर्खेतकी पुष्पा शाही, बाँकेकी सुष्मा श्रेष्ठ, एपिएफकी निकिता लामा, कैलालीकी प्रार्थना देउवा र रुपन्देहीकी सुन्दरी थारुले अन्तिम आठमा स्थान सुरक्षित गरे ।

पुरुष युगल तर्फ एपिएफका विजित थापा मगर र दिपेश धामीको जोडी, सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी, बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा पुलिसका पूर्ण बहादुर थापा र गौरव दाहालको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए ।

ईटहरीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष खुला तर्फ सेनाका पविन लिनथेप, गोकुल जोरा र दिवस शंकर, कैलालीका अमृत चौधरी र देवराज राना, बाँकेका रियाज अन्सारी, ललितपुरका ससिन डङ्गोल, बुढासुब्बाका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरी, एपिएफका प्रियान्सु सिंह क्षेत्री, ईन्द्र महता, पेम्बा शेर्पा र निराजन देवकोटा, पुलिसका गौरव दाहाल र पूर्ण बहादुर थापा तथा रुपन्देहीका किरण बिष्ट प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा छात्र यु १७ तर्फ एपिएफका पेम्बा शेर्पा र प्रियान्सु सिंह क्षेत्री, कैलालीका जैबी साउद र अमृत चौधरी, कञ्चनपुरका हिमाल चन्द, दाङ्गका सुरज गुप्ता, सफिक ईद्रिसी र हिमांशु कँुवर, ताप्लेजुङ्गका मिलिङ्ग गुरुङ्ग, कपिलबस्तुका रोहित बराल, सेनाका भोजबहादुर गुरुङ्ग, दिवस शंकर र गोकुल जोरा, सूर्खेतका नरेन्द्र बम, बुढासुब्बाका सत्यम सुब्बा र सुनसरीका सशांक सुब्बाले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जित
एनआरटीको पुनरागमन जित
नखिपोट फुटबल असोजमा
नखिपोट फुटबल असोजमा
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP