सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

दिपेश र रत्न क्वाटरफाईनलमा

बिहिबार, २६ भाद्र २०७६खेलपाटी संवाददाता
दिपेश र रत्न क्वाटरफाईनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । एपिएफका दिपेश धामी र नेपाली सेनाका रत्नजित तामाङ इटहरीमा जारी योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती र्याकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनलमा पुगेका छन् ।

उच्च १६ वरियताका खेलाडीबिच भएको पुरुष एकलको लिग खेलमा दुवै खेलाडी आ-आफ्नो समूहमा शीर्ष स्थान हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।

यस्तै भोजपुरका विकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ पनि अन्तिम ८ मा पुग्न सफल भएका छन् ।

समूह बीका राष्ट्रिय च्याम्पियन दिपेशले सेमिफाईनल प्रवेशका लागि समूह डीका उपबिजेता सेनाका रुकेश महर्जनसंग प्रतिस्पर्धा गर्ने छन् । समूह डीका बिजेता सेनाका नविनले समूह बीका उपबिजेता सेनाका प्रफुल महर्जनसंग प्रतिस्पर्धा गर्नेछन् ।

समूह ए मा रत्नले आफ्ना सबै तीन प्रतिद्वन्दिलाई पराजित गर्दै समूह बिजेता भएका हुन् । उक्त समूहबाट उपबिजेताका रुपमा पुलिसका जीवन आचार्यले अन्तिम आठमा स्थान बनाए । अब रत्नले समूह सीका उपबिजेता पुलिसका सुनिल जोशीसंग प्रतिस्पर्धा गर्ने छन् । यस्तै समूह सीका बिजेता विकासले ए का उपबिजेता जीवन आचार्यको सामना गर्ने छन् ।

समूह ए मा रत्नले पुलिसका जीवनलाई २१-६, २१-१०, एपिएफका सुमन लिम्बुलाई २१-१०, २१-१३ तथा गौतम सिंह कठायतलाई १९-२१, २१-९, २१-१४ ले पराजित गरे । यस्तै जीवनले एपिएफका सुमन लिम्बुलाई २१-१८, २४-२२ ले तथा गौतम सिंह कठायतलाई १५-२१, २१-१९, २१-१४ ले हराए । एपिएफका गौतमले आफ्नै क्लबका सुमनलाई २१-१५, २१-१५ ले हराए ।

समूह बीमा दिपेश धामीले सेनाका प्रफुल महर्जनलाई २१-१९, २१-९ ले तथा बाँकेका ईरफान अन्सारीलाई २१-१४, २१-१४ ले र प्रफुलले ईरफानलाई २१-११, २१-१५ ले पराजित गरे । यस्तै समूह सीमा पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले एपिएफका विजित थापामगरलाई २१-१५, २१-९ ले तथा पुलिसका सुनिल जोशीलाई २१-१७, २१-१४ ले र सुनिलले विजितलाई २१-१६, २१-९ ले पराजित गरे ।

समूह डी मा सेनाका नविन श्रेष्ठले सेनाकै रुकेश महर्जनलाई २१-१५, २१-१० ले तथा पुलिसका बिष्णु कटुवालबाट वाक ओभर पाए । पुलिसका बिष्णुले अस्वस्थताका कारण खेल परित्याग गरे पछि रुकेशलाई विजयी बनाईएको थियो ।

महिला उच्च १२ तर्फको एकलमा एपिएफकी जेशिका गुरुङ र सुनैना मुखिया तथा सेनाकी अनुमाया राईले पनि अन्तिम ८ मा स्थान बनाए ।

जेशिकाले समूह डीमा एपिएफकी शोभा गौचनलाई २१-८, २१-१२ ले तथा मोरङकी सिमा राजबंशीलाई २१-१८, २४-२२ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । अब जेशिकाले सेमिफाईनल प्रवेशका लागि समूह बी की उपबिजेता सेनाकी रञ्जना भट्टसंग प्रतिस्पर्धा गर्ने छिन् । सो समूहमा उपबिजेताकी रुपमा मोरङकी सिमा राजबंशी रहिन् । जेशिकासंग पराजित राजबंशीले एपिएफकी शोभा गौचनलाई २१-७, २१-१६ ले पराजित गरिन् ।

यस्तै समूह बी की बिजेता एपिएफकी सुनैना मुखियाले सेनाकी रञ्जना भट्टलाई २१-१९, २१-१४ ले तथा सेनाकै अमिता गिरीलाई २१-१७, २२-२० ले पराजित गरिन् । अब  मुखियाले समूह डीकी उपबिजेता सिमा राजबंशीसंग प्रतिपर्धा गर्नेछिन् । मुखिया संग पराजित रञ्जनाले सेनाकै अमिता गिरीलाई २१-१२, २१-१८ ले पराजित गरिन् ।

अन्तिम आठमा पुग्ने क्रममा समूह सी की बिजेता सेनाकी अनुमाया राईले मोरङकी निता लम्साललाई २१-१७, २७-२५ ले तथा भोजपुरकी सिता राईलाई १९-२१, २१-१७, २१-१२ ले पराजित गरिन् । अब उनले क्वाटरफाईनलमा समूह ए की उपबिजेतासंग प्रतिस्पर्धा गर्नेछिन् । यस समूहमा निता लम्साल उपबिजेता बनिन् । निताले सिता राईलाई १८-२१, २१-१९, २१-१७ ले पन्छाउन सफल भईन् ।

समूह ए मा राष्ट्रिय च्याम्पियन रशिला महर्जनले बिजयी सुरुवात गरेकी छिन् । उनले बाँकेकी संझना शर्मालाई २१-११, २१-१३ ले पाखा लगाईन् । यस समूहको बाँकी खेल बिहिबार हुने कार्यक्रम रहेको छ ।

ब्याडमिनटनको खेल सामाग्री उत्पादन गर्ने योनेक्सको नेपाली आधिकारीक बिक्रेता योनेक्स सनराईजको प्रायोजन रहेको प्रतियोगिताको महिला खुला एकल तर्फ जेष्टकी मनिषा खड्का, सूर्खेतकी पुष्पा शाही, बाँकेकी सुष्मा श्रेष्ठ, एपिएफकी निकिता लामा, कैलालीकी प्रार्थना देउवा र रुपन्देहीकी सुन्दरी थारुले अन्तिम आठमा स्थान सुरक्षित गरे ।

पुरुष युगल तर्फ एपिएफका विजित थापा मगर र दिपेश धामीको जोडी, सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी, बाँकेका रियाज अन्सारी र ईरफान अन्सारी तथा पुलिसका पूर्ण बहादुर थापा र गौरव दाहालको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए ।

ईटहरीस्थित कभर्डहलमा भएको प्रतियोगिताको पुरुष खुला तर्फ सेनाका पविन लिनथेप, गोकुल जोरा र दिवस शंकर, कैलालीका अमृत चौधरी र देवराज राना, बाँकेका रियाज अन्सारी, ललितपुरका ससिन डङ्गोल, बुढासुब्बाका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरी, एपिएफका प्रियान्सु सिंह क्षेत्री, ईन्द्र महता, पेम्बा शेर्पा र निराजन देवकोटा, पुलिसका गौरव दाहाल र पूर्ण बहादुर थापा तथा रुपन्देहीका किरण बिष्ट प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा छात्र यु १७ तर्फ एपिएफका पेम्बा शेर्पा र प्रियान्सु सिंह क्षेत्री, कैलालीका जैबी साउद र अमृत चौधरी, कञ्चनपुरका हिमाल चन्द, दाङ्गका सुरज गुप्ता, सफिक ईद्रिसी र हिमांशु कँुवर, ताप्लेजुङ्गका मिलिङ्ग गुरुङ्ग, कपिलबस्तुका रोहित बराल, सेनाका भोजबहादुर गुरुङ्ग, दिवस शंकर र गोकुल जोरा, सूर्खेतका नरेन्द्र बम, बुढासुब्बाका सत्यम सुब्बा र सुनसरीका सशांक सुब्बाले पनि अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन