गुणराजसँग इटालियन खेलाडी नकआउट
बुधबार, २५ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । थाइल्यान्डको मुवाथाई स्टेडियममा भएको प्रोफेसनल नाइट फाइटमा नेपालका गुणराज रुचालले जित हात पारेका छन् ।
गुणराजले पुरुष ६० केजी तौलसमूहमा इटालीका गियानपिएरोलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । गुणराजले फाइटको दोस्रो राउण्डमा गियानपिएरोलाई नकआउट गरेका थिए ।
गुणराज हाल नेपालमा मंसिरमा हुने एसियाली मुवाथाई च्याम्पियनसिपको तयारीका लागि थाइल्यान्डमा रहेको अध्यक्ष कक्षपतिले जानकारी गराए ।










-1770033375229.jpg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)