सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

दिपेश र रत्नको विजयी सुरुवात

मंगलबार, २४ भाद्र २०७६खेलपाटी संवाददाता
दिपेश र रत्नको विजयी सुरुवात
Loading ad...
mustang rice ad

इटहरी ।  एपिएफका राष्ट्रिय च्याम्पियन दिपेश धामी र आर्मीका रत्नजित तामाङले नवौं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता विजयी सुरुवात गरेका छन् ।

इटहरी रंगशालामा शीर्ष १६ वरियताका खेलाडीबीचको पुरुष एकलको पहिलो खेलमा दिपेशले बाँकेका ईरफान अन्सारीलाई २१-१४, र २१ - १४ ले पराजित गरे ।  रत्नले एपिएफका गौतम सिंह कठायतमाथि १९-२१, २१ - ९ र २१- १४ को जित निकाले । यस्तै उनले एपिएफका सुमन लिम्बुमाथि २१ - १०, २१ - १३ को जित निकाले ।

अर्को खेलमा पुलिसका जीवन आचार्यले एपिएफका गौतम सिंह कठायतलाई १५ - २१, २१- १९ र २१ - १४ ले पराजित गरे । समूह बिको अर्को खेलमा सेनाका प्रफुल महर्जनले बाँकेका ईरफान अन्सारीलाई २१ - ११, २१ - १५ ले पराजित गरे । यसैगरि पुलिसका सुनिल जोशीले एपिएफका बिजित थापा मगरलाई २१ -१६, २१ -९ ले पराजित गरे । यस लिग बाट सेमिफाईनल प्रवेश गर्ने खेलाडीहरुको टुङ्गो बुधबार हुने प्रतिस्पर्धाबाट हुनेछ ।

उच्च वरियताका १६ खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईरहेको प्रतियोगिता रेफ्रि उदय अर्यालले जानकारी गराए ।

सोही क्रममा समूह ए मा पुलिसका जीवन आचार्यले एपिएफका सुमन लिम्बुलाई २१- १८, २४-२२ ले, समूह सीका भोजपुरका बिकास श्रेष्ठले पुलिसका सुनिल जोशीलाई २१ - १७, २१ - १४ ले तथा समूह डीमा सेनाका रुकेश महर्जनले पुलिसका बिष्णु कटुवालबाट रिटायर्ड हर्टका आधारमा जित निकाले । पहिलो सेटलाई २१ -१९ ले आफ्नो पक्षमा पारेका बिष्णुले दोश्रो सेटमा ७ । १२ को अवस्थामा खेल परित्याग गरेका थिए । उनलाई खेलकै दौरान ज्वरो आएकाले खेल परित्याग गरेका थिए ।

ईटहरी रङ्गशालाभित्र अत्याधिक गर्मि बढेका कारण खेलाडीहरुले असहज परिस्थितीकाविच पनि आफ्नो खेल कौशलतालाई प्रस्तुत गर्दै प्रतिस्पर्धा गरिरहेका छन् ।

यसै गरि उच्च १६ बाहेककाविच खेलाईएको पुरुष एकलमा सेनाका आयुष्मान नगरी, कैलालीका अमृत चौधरी, जेष्ट ब्याडमिन्टनका अनिष खतिवडा, बाँकेका रियाज अन्सारी, जाजरकोटका राजु भँडेल, ललितपुरका ससिन डङ्गोल र दैलेखका खगेन्द्र बहादुर सिंह आफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै दोश्रो चरण प्रवेश गरेका छन् । पहिलो चरणबाट दोश्रो चरण प्रवेश गर्ने अन्य खेलाडीहरुमा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ, जाजरकोटका सि.पी. घर्तीमगर, एपिएफका प्रियान्सु सिंह क्षेत्री, जाजरकोटका नारायण भँडेल, पुलिसका गौरव दाहाल, काठमाण्डौका प्रतिक अर्याल, एपिएफका ईन्द्र बहादुर महता, सूर्खेतका सुजित कार्की, कैलालीका जे.बि. साउद, सेनाका गोकुल जोरा, ईलामका अजित नेम्वाङ्ग, पुलिसका पूर्ण बहादुर थापा, कैलालीका योगेश थापा, एपिएफका पेम्बा शेर्पा, ललितपुरका रदिप महर्जन, कैलालीका देवराज राना, सूर्खेतमा अनिल मल्ल, सेनाका दिवस शंकर, बुढासुब्बा ब्याडमिनटन एकेडेमीका अजय चौधरी, झापाका प्रनिश सिंह ठकुरी, रुपन्देहीका किरण बिष्ट, खोटाङ्गका समन राई र जेष्ट ब्याडमिन्टनका अर्जून तामाङ्ग रहेका छन् ।

यस्तै यु – १७ छात्र तर्फ खोटाङ्गका अलिस दङ्गाल, कैलालीका जैबी साउद, सलकपुरका मुनाहाङ्ग राई, कञ्चनपुरका हिमाल चन्द, बाँकेका शिब सुनार, दाङ्गका सुरज गुप्ता, मोरङ्गका आवाज ओडारी, सेनाका डेभिड थापा मगर, ताप्लेजुङ्गका मिलिङ्ग गुरुङ्ग, दाङ्गका सफिक ईद्रिसी, सप्तीका विनय चौधरी र सनिल चौधरी तथा खोटाङ्गका कञ्चन श्रेष्ठ पहिलो चरण पार गर्दै दोश्रो चरणमा पुगेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन