कर्मचारी संगठनलाई भलिबलको उपाधि
आइतबार, भदौ २२, २०७६खेलपाटी संवाददाता

काठमाडौं । निजामती दिवसका अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि नेपाल राष्ट्रिय कर्मचारी संगठनले शनिबार जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा कर्मचारी संगठनले नेपाल निजामती कर्मचारी संगठनलाई २५–२०, २५–१२ र २५–१८ को सोझो सेटमा पराजित गर्यो ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे ।
सो अवसरमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल, खेलकुद मन्त्रालयका उप–सचिव विष्णुप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)