सडक दौड भोलि
शनिबार, २१ भाद्र २०७६खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता आइतबार हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तत्वावधानमा हुन लागेको प्रतियोगितामा छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।
छात्रमा १ हजार र छात्रामा ५ सय खेलाडीको सहभागिता रहने छ । दुवै स्पर्धामा शीर्ष चार स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ४ हजार नगद पुरस्कार पाउने छन् ।
पाँचौंदेखि दसौं स्थानमा आउनेलाई समान ३–३ हजार नगदबाट पुरस्कृत गरिने छ ।
४० औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा हुन लागेको दौड त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ पुनः राखेप हातामै आएर टुंगिने छ ।










-1768979176016.webp&w=3840&q=75)
-1768963014433.webp&w=3840&q=75)



-1768908116031.jpeg&w=3840&q=75)
