बिहिबार, ०३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

घरेलु टिमविरुद्ध खेल्दा असहज भयो - सिपोरा

सोमबार, १६ भाद्र २०७६गिता राई
घरेलु टिमविरुद्ध खेल्दा असहज भयो - सिपोरा

तस्बिर सौजन्य : भलिबल नेपाल/सुदर्शन रंजित

Loading ad...
mustang rice ad

पोखरा । पोखराको लामाचौरमा तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिता जारी छ । र, पोखरेली भलिबल स्टार सिपोरा गुरुङले यसै प्रतियोगिताबाट भलिबलमा पुनरागमन गरेकी छिन् ।

चोट र पढाईको कारण कोर्ट बाहिर रहदै आएकी सिपोरा नेपाली महिला भलिबलकै चर्चित क्लब होङ्गवान्जी न्यू डायमण्ड एकेडेमीबाट खेल्दै भलिबलमा फर्किएकी हुन् ।

राष्ट्रिय टिममा फर्कने योजनासहित भलिबलमा पुनरागमन गरेकी सिपोराको टिम न्यू डायमण्ड फाइनल समेत पुगिसकेको छ । न्यू डायमण्डले सोमबार हुने फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

न्यू डायमण्डबाट पहिलो पटक खेलेकी सिपोराले सेमिफाइनलमा भने घरेलु टिम गण्डकी प्रदेशविरुद्ध खेलेकी थिइन् । जुन खेलमा न्यू डायमण्डले गण्डकीलाई ३-० को सोझो सेटमा हराएको थियो ।

घरेलु कोर्ट र घरेलु टिम गण्डकीविरुद्ध सिपोराले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । तर, सिपोराले सेमिफाइनलमा गण्डकीविरुद्ध आफुले शतप्रतिशत खेल्न नसकेको बताएकी छिन् ।

'कोर्टमा उत्रिएपछि विपक्षी भनेको विपक्षी नै हो तर, अलि खुलेर खेल्न चै सकिन । आफै होम कोर्टमा आफ्नै बहिनीहरुविरुद्ध खेल्न अलि असहज लाग्यो,' गण्डकीसँगको खेलपछि सिपोराले भनिन्, 'समग्रमा मैले जति दिनु पर्ने दिन सकिन जस्तो लागेको छ । अलि अफ्ठ्यारो लागेर होला ।'

घरेलु टिमविरुद्ध खेल्दा आफुलाई केहि असहज महसुस भएको सिपोराको भनाई छ । सिपोराले गत वर्षको यस प्रतियोगिता गण्डकीबाट खेलेकी थिइन् । त्यसपछि सिपोरा अध्ययनको लागि अमेरिका लागेकी थिइन् ।

Image may contain: 2 people, people playing sports, child and outdoor

राष्ट्रिय टिममा फर्कन संघर्ष गरिरहेकी सिपोरा यस पटक भने धेरै खेल खेल्न पाउने लोभले न्यू डायमण्डबाट खेलिन् । किनकी आफुलाई लयमा फर्काउन सिपोरालाई धेरै खेलको आवश्यकता रहेको छ ।

'म अमेरिका जानु भन्दा अघि गण्डकीबाट खेलेका थिए । तर, हामी सधै तेस्रो स्थानको लागि खेल्नु पर्थ्यो । त्यसमा पनि हामी चौंथो हुन्थ्यौ । मैले पनि राम्रो गर्न सकेको थिएन । टिम राम्रो नहुँदा खेल देखिदैन,' सिपोराले थपिन्, 'गण्डकीको उत्कृष्ट तीन खेलाडी राष्ट्रिय टिमको क्याम्पमा रहेको थियो । क्याम्पका खेलाडी आउने थाहा पाएको भए म गण्डकीबाट खेल्ने थिए । उनीहरु र म हुँदा टिम राम्रो हुने रैछ भन्ने मनमा लागेको छ ।'

समूह चरणमा न्यू डायमण्डले एक खेल गुमाएको थियो । समूह चरणमा न्यू डायमण्ड पुलिससँग ३-२ को सेटमा पराजित भएको थियो । निकै रोमान्चक बनेको उक्त खेलमा पुलिसले न्यू डायमण्डलाई ३२-३०, २५-२२, १४-२५ ,२४-२६ र १५-५ को सेटमा पराजित गरेको थियो ।

तर, सेमिफाइनलमा गण्डकीविरुद्ध भने न्यू डायमण्डले २५–१८, २५–२० र २५–१९ को सहज जित निकाल्यो । प्रतियोगिताको सुरुवातमा टिमको तालमेल नमिलेको भएपनि सबै खेलाडीको उत्कृष्ट प्रदर्शनले टिम फाइनल पुगेको सिपोराले बताईन् ।

'ट्रेनिङ कम हुँदा हाम्रो तालमेल मिलेन । मैले १० दिन ट्रेनिङ गर्दा ५/६ दिन पानीले ट्रेनिङ भएन । यद्दपी टिम फाइनलमा पुगेको छ,' सिपोरा भन्छिन्, 'टिम राम्रो भएर नै फाइनल पुगेको हो । सबैले मेहेनेत गरेका छन् ।'

सन् २००६ मा श्रीलंकाको कोलम्बोमा सम्पन्न १० औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टिममा डेब्यु गरेकी सिपोरा घुँडाको चोटपछि अधिकांस समय भलिबल बाहिर रहदै आएकी छिन् ।

१२ वर्षकै उमेरमा नेपाली टोलीमा डेब्यु गरेकी सिपोरा चोटबाट मुक्त भएपनि पुरानै लयमा फर्कन सकिरहेकी छैनन् ।

Image may contain: 4 people, people smiling, people playing sports, shorts and outdoor

यस्तै सिपोराले आफु भलिबल खेल्न नेपाल फर्किएपछि सहज रुपमा खेल्ने वातावरण मिलाईदिएको कारण न्यू डायमण्डबाट खेलेको बताईन् ।

'मैले नेपाल आउछु र भलिबल खेल्छु भनेर सबैलाई जानकारी गराएको थिए । न्यू डायमण्डले सहज वातावरणले छाती फुलाएर स्वागत गर्नु भयो । जब कोच र टिमले पत्याउछ बल्ल खेल्न सजिलो हुन्छ ।
एपीएफबाहेक अरु सबै टिमलाई जानकारी गराएको थिए । न्यू डायमण्डले हृदयबाट स्वागत गर्नुभयो । बहिनिहरुले पनि मलाई खेल्न सहज बनाईदिए,' सिपोराले भनिन् ।

पाँच महिना नेपाल बसाईमा सिपोराले अब सबै घरेलु प्रतियोगिता न्यू डायमण्डबाट खेल्ने छिन् ।

तस्बिर सौजन्य : भलिबल नेपाल/सुदर्शन रंजित 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

चर्च ब्वाइजलाई स्तब्ध पार्दै सम्राट फाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

फागुरामको २ गोलसँगै प्लानिङ बोइज सेमिफाइनलमा

मेसीले किने स्पेनिस क्लब

मेसीले किने स्पेनिस क्लब

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

घनपोखरा ब्ल्यु, अरुण मेमोरियल र खसुर अन्तिम ८ मा

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

‘बार्सिलोनामा च्याम्पियन्स लिगको ट्रफी ल्याउने छौं’

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

अञ्जन सिक्किमको क्लब थन्डर बोल्ट्समा अनुबन्ध

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !