मंगलबार, असोज २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Bhat Bhateni Supermarket Ad

चार महिनापछि अजितले पाए पुरस्कार

शुक्रबार, साउन २४, २०७६खेलपाटी संवाददाता
चार महिनापछि अजितले पाए पुरस्कार
Classic Tech Internet Ad

काठमाडौं । हङकङमा भएको तेस्रो संस्करणको युथ एसियन च्याम्पियनसिपमा स्वर्ण विजेता एथ्लेटिक्सका युवा स्टार अजित यादव पुरस्कृत भएका छन् ।

नेपाल एथ्लेटिक्स संघले शुक्रबार स्वर्ण विजेता अजितलाई टिभीएसको १ सय २५ सीसीको मोटरसाइकलसहित पुरस्कृत गरेको हो । यस्तै प्रशिक्षक धनीराम चौधरीलाई १ लाख नगदले पुरस्कृत गरेको छ ।

संघले अजितलाई पुरस्कृत गर्ने घोषणा गरेको करिब चार महिनापछि मोटरसाइकल प्रदान गरेको हो । संघले गत चैत १२ गते एक मोटरसाईकल र पाँचवटा कर्पोरेट हाउसबाट १२ हजारका दरले मासिक ६० हजार उपलब्ध गराउने घोषणा गरेको थियो ।

अजितले च्याम्पियनसिपमा ३ हजार मिटरको दुरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका थिए । उनले आफ्नो स्पर्धामा भारत र यमनका खेलाडीलाई पछाडी पार्दै एथ्लेटिक्सको ईतिहासमा कीर्तिमान रचेका थिए ।

यसअघि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन च्याम्पियनसिपमा नेपालका जितबहादुर केसीले काँस्य जितेका थिए ।

अजित र धनीरामलाई युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश कुमार सिलवाल, संघका अध्यक्ष राजिब बिक्रम शाह र राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना लगायतले सम्मान गरेका थिए । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नाइट रन स्थगित

नाइट रन स्थगित

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार चौथो हार

नेपालको लगातार चौथो हार

सुमनले आफ्नै पोस्टमा गरे गोल

सुमनले आफ्नै पोस्टमा गरे गोल

इतिहासमै पहिलोपल्ट जापानसँग हार्‍यो ब्राजिल

इतिहासमै पहिलोपल्ट जापानसँग हार्‍यो ब्राजिल

भारतको ह्वाइटवाश

भारतको ह्वाइटवाश

नेपालको आईसीसी टी–२० आई वरीयतामा सुधार

नेपालको आईसीसी टी–२० आई वरीयतामा सुधार

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

यो वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने !

विश्वकपमा ओमानको स्थान लगभग पक्का

विश्वकपमा ओमानको स्थान लगभग पक्का