• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ग्लोबल छनोटको अन्तिम परिक्षामा नेपाल र सिंगापुर
विश्वास थापा
आइतबार, साउन १२, २०७६ विश्वास थापा
ग्लोबल छनोटको अन्तिम परिक्षामा नेपाल र सिंगापुर
कुवेतविरुद्द ब्याटिङका लागि जार्दै नेपाली टिमका कप्ता पारस खड्का र ज्ञानेन्द्र मल्ल । फाेटाे : रमन सिवाकाेटी ।

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनलको अन्तिम खेलमा नेपालले भोली (आईतबार) सिंगापुरसंग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवैका लागि अन्तिम खेल महत्वपुर्ण छ । खेल सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ७ बजे सुरु हुनेछ ।

अघिल्लो चरण पुग्न नेपाललाई जितको विकल्प छैन । प्रतियोगिताको एक मात्र अपराजित टोली सिंगापुर समेत नेपाललाई निराश बनाउँदै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छ ।

खेल बराबरी वा बर्षाले प्रभावित भएको अवस्थामा सिंगापुर अघिल्लो चरण प्रवेश गर्नेछ ।

नेपाल समुह चरणको दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ४ अंक जोडेको छ ।

शीर्ष स्थानको सिंगापुरको समान खेलबाट ५ अंक छ । कुवेतविरुद्व खेल बर्षाले प्रभावित भएपछि सिंगापुरले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा कतारसंग अप्रत्यासित हार ब्यहोरेको थियो ।

हेड टु हेड

हालसम्म नेपाल र सिङ्गापुर ९ पटक आमने सामने भएका छन् । जसमा ३ खेल तीन दिवसीय, २ टी-ट्वान्टी र ४ एक दिवसीय खेल रहेको छ ।

र, नेपाल माथि सिंगापुरले कुनै खेलमा पनि जित निकाल्न सकेको छैन । पहिलो पटक सन् २००४ को एसीसी फास्ट ट्र्याक कन्ट्री प्रतियोगितामा तीन दिवसीय खेलमा भएको थियो ।

नेपालले पहिलो पालीमा २ सय ६० र दोस्रो पालीमा २ सय ३ रन बनाएको थियो । सिंगापुरले पहिलो पालीमा २ सय २७ र दोस्रो पालीमा विना कुनै विकेट ८७ रन बनाउँदा खेल बराबरी भएको थियो ।

सन् २००५ को सोही प्रतियोगितामा समेत दुई राष्ट्रले बराबरी खेलेका थिए । नेपालले दुई इनिङसमा दिएको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले अन्तिम दिन सम्म न लक्ष्य पूरा गर्यो न नेपालले अल आउट पार्यो ।

सन् २००६ को सोही प्रतियोगितामा भने नेपालले जित हात पारेकाे थियाे । पहिलो पालीमा ९ विकेट गुमाएर ३ सय १३ बनाएको नेपालले दोस्रो पालीमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनाएकाे थियो ।

सिंगापुर पहिलो पालीमा ९० तथा दोस्रो पालीमा १ सय ९६ मा अल आउट हुँदा नेपाल २ सय ५ रनले विजयी भएको थियो ।

सन् २००९ को एसीसी टी ट्वान्टी कपमा सिंगापुरले दिएको ९० रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पुरा गरेका थियाे ।

सन् २०१० को डिभिजन ५ मा नेपालले सिंगापुर लाई १६ रनले पराजित गरेकाे थियाे । नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछयाएको सिंगापुर ४७ ओभर ५ बलमा १ सय ६४ रनमा समेटियो ।

सन् २०१२ को डिभिजन ४ मा नेपालले ५ विकेटले विजयी भएको थियो । सिंगापुरले दिएको १ सय १२ रनको सामान्य लक्ष्य नेपालले २४ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

सन् २०१४ को एसियन गेम्समा नेपालले दिएको २ सय ६४ रनको लक्ष्य पछ्याएको सिंगापुर २१ ओभर ४ बलमा मात्र ७३ रनमा समेटियो ।

र नेपाल १ सय ९० रनको भारी अन्तरले विजयी भयो ।

सन् २०१८ को एसिया कप छनोटमा नेपलले सिंगापुरले ४ विकेटले जित हात पारेकाे थियाे । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । अन्तिम पटक नेपाल र सिंगापुर टी-ट्वान्टी विश्वकप एसिया पूर्वी क्षेत्रिय छनोटमा भेट भएको थियो ।

अन्तिम खेलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलमा १ विकेट गुमाएर १ रन बनाउँदा पानीले खेल प्रभावित भएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP