• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टेस्ट क्रिकेटलाई गाह्रो-गाह्रो हुँदै
खेलपाटी संवाददाता
शनिबार, साउन ११, २०७६ खेलपाटी संवाददाता
टेस्ट क्रिकेटलाई गाह्रो-गाह्रो हुँदै

काठमाडौं । जति बेला वान डे क्रिकेटको भर्खर भर्खर जन्म भएको थियो, परम्परागत क्रिकेटका समर्थक त्यसलाई सकेसम्म खिल्ली उडाउनमै मज्जा लिन्थे । उनीहरू एक दिनमा सकिने क्रिकेटलाई क्रिकेट नै होइन सम्म पनि भन्थे । त्यति बेला वान डे क्रिकेटलाई भनिन्थ्यो, पाइजामा क्रिकेट । त्यसको सिधा सिधा अर्थ हुन्थ्यो, वान डे क्रिकेट सोमत नभएको खेल हो । दाबी के गरिन्थ्यो भने पहिलो श्रेणीको क्रिकेट मात्र क्रिकेट हो, अझ भनौ टेस्ट क्रिकेट मात्रै क्रिकेट ।

सन् सत्तरीको सुरुतिरका दिनको कुरा हुन् यी सबै । अहिले सम्झिन्दा हाँसो लाग्छ । हाँसो किन भन्दा अहिले त्यही टेस्ट क्रिकेट चर्को समस्यामा छ, त्यो पनि वान डे भन्दा पनि कान्छो ढाँचाको क्रिकेटले गर्दा । त्यसो भनेको ट्वान्टी ट्वान्टी क्रिकेट । जम्मा जम्मी २० ओभरका खेलले । फेरि पुरानै दिनमा फर्केर भन्दा ती दिन तिर कसैले ट्वान्टी ट्वान्टी क्रिकेटबारे बोलेको भए, के हालत हुन्थ्यो होला, कल्पना गर्न पनि गाह्रो छ । ती पुराना सोचका क्रिकेट पारखीले के मात्र भन्थे होलान ।

वर्तमान फर्कदा मान्नै पर्छ, ट्वान्टी ट्वान्टी क्रिकेटको अगाडि टेस्ट क्रिकेट विस्तार विस्तार मर्दैछ । टेस्ट क्रिकेटलाई गाह्रो गाह्रो हुँदैछ भन्ने लक्षण देखा पर्न थालिसकेका छन् । यसको पछिल्लो एउटा राम्रो उदाहरण बनेको छ, पाकिस्तानका बलर मोहम्मद आमिरको टेस्ट क्रिकेटबाट सन्यास । आमिरले भर्खर २७ वर्षका भए । न त यो सन्यास लिने उमेर हो, न त करियरको दृष्टिकोणले राम्रो निर्णय । के पो त्यस्तो ठूलो आइपर्यो यी बायाँ हाते फास्ट बलरलाई ?

Related image

गाँठो कुरा भने सरासर प्रस्ट छ । अहिलेको आधुनिक क्रिकेट भनेको ट्वान्टी ट्वान्टी क्रिकेट हो, अनि ट्वान्टी ट्वान्टी क्रिकेट भनेको खेलाडीका लागि पैसा कमाउने राम्रो दाउ हो । अब क्रिकेटको व्यवसायिक खेलाडी भएपछि उसको इच्छा बढी भन्दा बढी कमाउने त हुन्छ नै । फेरि क्रिकेटमा खेलाडीले सधैं कहाँ कमाइरहन सक्छ र ? खालि केही वर्ष न हो । उमेर के अलिकति ढल्नु पर्छ, करियर एकातर्फ हुन्छ, कमाई अर्कोतर्फ हुन्छ ।

आमिरले पाकिस्तानका लागि टेस्ट क्रिकेटमा के कस्तो गरे, सायद त्यो नितान्त गौण विषय भएको छ । मुख्य विषय हो, आमिरले किन सन्यास लिए त ? अब उनको ध्यान पूर्णतः ट्वान्टी ट्वान्टी क्रिकेटमै हुनेछ । यो खुल्ला रहस्य जस्तै हो । उनी अब सकेसम्म फ्रान्चाइज क्रिकेटमा संलग्न हुनेछन् । उनले पनि के राम्रोसँग बुझे भने अब समय पैसा कमाउने हो, टेस्ट क्रिकेट खेलेर भविष्य छैन । उनी जत्तिको राम्रो खेलाडीले पनि यस्तै निर्णय गर्न थालेपछि अब अरू धेरैले पनि उनलाई पछ्याउने छन् ।

दक्षिण अफ्रिकी क्रिकेट कप्तान फाफ डे प्लेसिसले हाकाहाकी भनेका छन्, अब टेस्ट क्रिकेटलाई सजिलो हुने छैन् । एक जना खेलाडीले टेस्ट क्रिकेटमा पूरा खेल जीवन बिताएर जति कमाउन सक्छन्, लगभग त्यत्तिकै रकम अब त्यही खेलाडीले एक सिजन माथिल्लो स्तरको केही फ्रान्चाइज क्रिकेटमा खेलेर कमाउन सक्छ । एउटा राम्रो खेलाडी पूरा वर्ष फ्रान्चाइज क्रिकेटमा ब्यस्त हुने हो भने कमाइ त बाक्लै हुन्छ र यस अगाडि टेस्ट क्रिकेटको लोभ गौण नै हुन्छ ।

अबको केही दिनमै टेस्ट क्रिकेट मरिहाल्छ भन्ने पनि होइन । मान्नै पर्छ, यो नै विश्व क्रिकेटका सबैभन्दा माथिल्लो स्वरूप हो । अब यो स्वरूपमा क्रिकेट भारत, इंग्ल्यान्ड र अष्ट्रेलिया जस्ता देशमा बढी खेलिने छन् । अरूतर्फ यो कम नै खेलिने छन् । खेलिएपनि दर्शक हुने छैनन्, दर्शक नभएपछि यसले प्रायोजक पनि पाउने छैन् र अन्ततः यो घाटाको खेल हुनेछ । विश्व क्रिकेटमा अहिले जति पनि कमाइ हुन्छ, त्यसको धेरै भन्दा धेरै अंश यिनै तीन देशमा जाने गर्छ ।

Related image

बाँकी देशले बचेकोमा पनि भागबन्दा गर्ने नै हो । यसले गर्दा दक्षिण अफ्रिका र पाकिस्तानसँगै वेस्ट इन्डिज, श्रीलंका र न्युजिल्यान्ड जस्ता देशको क्रिकेटमा प्रभाव पर्नेछ । यी देशका खेलाडीले अब आफ्नो देशका लागि टेस्ट क्रिकेट खेल्नु भन्दा फ्रान्चाइज क्रिकेट खेल्नु नै ठीक मान्ने छन् । डर के भने राम्रा भनिएका खेलाडी सबै ट्वान्टी ट्वान्टी क्रिकेटमा ब्यस्त हुनेछन्, औसत भन्न मिल्ने खेलाडी भने टेस्ट खेलिरहेका हुनेछन्, शून्य न शून्य रंगशालामा ।

फेरि आमिरकै प्रसंगमा फर्कने हो भने उनले कम समयमै सबथोक देखे । सन् २००९ मा १७ वर्षको उमेरमा पाकिस्तानका लागि टेस्टमा डेब्यु गरे । चाँडै स्पट फिक्सिङमा फसे र पाँच वर्षको प्रतिबन्धमा पनि परे । केही समय त भयो, उनले फेरि क्रिकेट खेल्न थालेको । उनी साँच्चै अब्बल दर्जाका खेलाडी थिए, त्यसैले पुर्नआगमनमा उनलाई कुनै समस्या भएन् । हालैको वान डे विश्वकपमा पनि उनी निकै लयमा थिए, १७ विकेट लिए ।

विश्वकप सकिएको केही दिन पनि भएको छैन, उनको सन्यासको समाचार आइहाल्यो । खासमा उनको यो सन्यासबाट कोही ठूलै आश्चर्यमा भने परेनन् । भलै पाकिस्तानी खेलाडीले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्ने पाउँदैनन, तर उनीहरूको अरू फ्रान्चाइज क्रिकेटमा चर्को माग छ । आमिरले भनेकै छन्, सीमित ओभरको क्रिकेट खेल्ने क्रम टुट्ने छैन । त्यो भनेको बढी ट्वान्टी ट्वान्टी खेल्ने भनेकै हो । अनि त्यो भनेको टेस्ट क्रिकेटलाई गाह्रो गाह्रो छ भन्ने पनि त हो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP