• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मलेसियाविरुद्ध बनेको कीर्तिमानको नालीबेली
खेलपाटी संवाददाता
बुधबार, साउन ८, २०७६ खेलपाटी संवाददाता
मलेसियाविरुद्ध बनेको कीर्तिमानको नालीबेली

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले बुधबार पहिलो जित निकाल्यो ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले चिपरिचित प्रतिद्वन्दी मलेसियालाई ७ विकेटले पराजित गर्दै पहिलो जित निकालेको थियो ।

मलेसियाविरुद्धको जितसँगै नेपालले एसिया फाइनलको उपाधि जित्दै ग्लोबल छनोटमा पुग्न सम्भावना कायम राखेको छ । मलेसियामाथिको जितसँगै नेपालले कीर्तिमान समेत बनाएको छ । 

मलेसियाविरुद्ध वर्षाले प्रभावित हुँदा खेल ९ ओभरमा झारिएको थियो । नेपाललाई मलेसियाले जितका लागि ८४ रनको उच्च लक्ष्य दिएको थियो । यस्तोमा नेपाल गर या मरको स्थितिमा रहेको थियो ।

तर, पारस खड्का घाइते भएपछि नेपाली टिमको कप्तानी गरेका ज्ञानेन्द्र मल्ल चम्किएपछि नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो ।

मलेसियाविरुद्ध बनेको कीर्तिमान कस्तो ?

१.सर्वाधिक छिटो अर्धशतक -

मलेसियाविरुद्ध कप्तानी गरेका ज्ञानेन्द्र मल्लले टी-ट्वान्टी अन्तराष्ट्रियमा आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गरे । जसको कारण नेपालले मलेसियालाई हराउन सफल भयो ।

मलेसियाविरुद्ध मल्लले २० बलमा ५१ रन जोड्दै अर्धशतक बनाउदा नेपालको जित सहज बनेको थियो । विस्फोटक ब्याटिङ गरेको मल्लले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

मलेसियासँगको अर्धशतकसँगै मल्लले अन्तराष्ट्रिय टी-ट्वान्टीमा नेपालबाट सर्वाधिक चाँडो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाए । उनले विनोद भण्डारीको नाममा रहेको कीर्तिमान भङ्ग गरे ।

यसअघि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले गत साता मलेसियाविरुद्धको सिरिजको अन्तिम तथा दोस्रो खेलमा कीर्तिमान बनाएका थिए । उक्त खेलमा भण्डारीले २५ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

मलेसियाविरुद्ध अर्धशतक बनाएसँगै मल्ल अन्तराष्ट्रिय टी-ट्वान्टीमा अर्धशतक बनाउने पाँचौं नेपाली खेलाडी बने । र, अन्तराष्ट्रिय टी-ट्वान्टीमा नेपाली खेलाडीले बनाएको छैटौं अर्धशतक हो ।

यसअघि पारस खड्काले दुई पटक, सुवास खकरेल, विनोद भण्डारी र सन्दीप जोराले अन्तराष्ट्रिय टी-ट्वान्टीमा समान १/१ पटक अर्धशतक बनाएका छन् । यसअघि पारसले ३२ बल, सुवासले ४८ बल र सन्दीपले ४१ बलमा अर्धशतक बनाएका थिए ।

२. ओपनिङमा कीर्तिमानी साझेदारी

मलेसियाविरुद्ध नेपालले ज्ञानेन्द्र मल्ल र प्रदिप ऐरीलाई ओपनिङ जोडीको रुपमा क्रिज पठाएको थियो । र, ओपनरद्वय ज्ञानेन्द्र र प्रदिपको जोडीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालको जित सम्भव भएको थियो । 

ज्ञानेन्द्र र प्रदिपले मलेसियाविरुद्ध पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी नै गरे । पहिलो विकेटका लागि दुवैले ६६ रनको साझेदारी गरेका थिए । जुन टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालबाट पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी हो ।

पहिलो विकेटको रुपमा मल्ल २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा क्याच आउट भए । यस्तै अर्का ओपनर प्रदिप १४ बलमा १ चौकासहित १२ रन बनाएर पेभिलियन फर्किए । 

यसअघि मंगलबार कतारविरुद्ध कप्तान पारस खड्का र ज्ञानेन्द्रले ४९ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।

यस्तै नेपालले पछिल्लो पाँच अन्तराष्ट्रिय टी-ट्वान्टीमा फरक फरक ओपनरको प्रयोग गरेको छ । गत माघमा युएईसँग भएको सिरिजबाट नेपालले कुनै पनि खेलमा दोहोरिएर ओपनर जोडी पठाएको छैन । 

३. सर्वाधिक विकेट

मलेसियाविरुद्ध सोमपाल कामीले ३ विकेट लिए । र, सोमपालले नेपालका लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाए ।

सोमपालले बसन्त रेग्मीको रेकर्ड तोडेका हुन् । १९ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा सोमपालले २३ विकेट हात पारेका छन् । बसन्तले १६ खेलमा २२ विकेट लिएका छन् ।

सोमपालले मलेसियाविरुद्ध २३ रन खर्चेर ३ विकेट हात पारेका थिए । जुन बलिङ फिगर सर्वाधिक राम्रो फिगर हो ।

टी -ट्वान्टीमा करण केसीले १३ खेलमा १५ विकेट लिएका छन् । यस्तै सन्दीप लामिछानेले ८ खेलमा १३ विकेट हात पारेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP