काडम्बरी फुटसललाई मिराई एजुकेसनको साथ
शनिबार, साउन ४, २०७६खेलपाटी संवाददाता

काठमाडौं । काडम्बरी कप अन्तर कलेज फुटसल प्रतियोगितालाई मीराई एजुकेसन एण्ड भिसाले मुख्य प्रायोजन गरेको छ ।
आयोजक काडम्बरी मोमेरियल कलेजले प्रतियोगिताको लागि मीराई एजुकेसनसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।सम्झौतासँगै प्रतियोगिताको नाम मीराई काडम्बरी कप हुनेछ ।
एक दिने प्रतियोगिता आगामी भदौ २ गते हुनेछ । धनेन्तरी फुटसलमा आयोजना हुने प्रतियोगितामा २० कलेजको सहभागिता रहनेछ ।
राष्ट्रिय स्तरका खेलाडीलाई सम्मान र खेलकुद क्षेत्रको प्रवर्दन गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा महिला र पुरुष दुवै टोलिले सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगिताको विजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिता जनाउन ५ हजार शुल्क तिर्नु पर्नेछ ।






-1759666509639.jpg&w=3840&q=75)









