नेपालको पहिलो जित
बिहिबार, २८ असार २०७५खेलपाटी संवाददाता
काठमाडौं । बंगलादेशमा जारी फिबा यू-१८ एसियन च्याम्पियनसिप साबा क्वालिफायरमा नेपालले पहिलो जित निकालेको छ । बिहिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई हराउदै पहिलो जित निकालेको हो ।
बंगलादेशको ढाकामा नेपालले माल्दिभ्समाथि ७२-३३ अंकले हराएको हो । अघिल्ला दुई खेलमा हार बेहोरेको नेपालले आजै बंगलादेशसंग खेल्ने छ । नेपाल पहिलो खेलमा भारत र दोस्रो खेलमा श्रीलंकासंग पराजित भएको थियो ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, श्रीलंका, भारत र माल्दिभ्सले सहभागिता जनाएका छन् ।














%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)