नेपालको दोस्रो हार
बुधबार, २७ असार २०७५खेलपाटी संवाददाता
काठमाडौं । बंगलादेशमा जारी फिबा यू-१८ एसियन च्याम्पियनसिप साबा क्वालिफायरमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार भएको खेलमा श्रीलंकासंग पराजित हुँदै नेपालले लगातार दोस्रो हार बेहोरेको हो ।
बंगलादेशको ढाकामा नेपाल श्रीलंकासंग ८६-७७ अंकले पराजित भएको हो । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल भारतसंग पराजित भएको थियो ।
पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपालले बिहिबार दुई खेल खेल्ने खेल्नेछ । बिहिबार बिहान नेपालले माल्दिभ्स र अपरान्ह बंगलादेशसंग खेल्ने छ ।
प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, श्रीलंका, भारत र माल्दिभ्सले सहभागिता जनाएका छन् ।














%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)