काठमाडौँ। नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको शृंखलाको खेल तालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार शृंखलाको खेल तालिका परिवर्तन गरेको हो।
पूर्वनिर्धारित तालिकाअनुसार तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेल बिहीबारको लागि तय थियो। तर, बुधबार रातिदेखिको वर्षाले आउटफिल्डमा पानी जमेपछि खेल रद्द भयो।
नयाँ तालिका अनुसार चैत १६, १७ र १८ गते नेपाल र आयरल्यान्डले टी–२० शृंखला खेल्ने छ।
तीन खेलको टी–२० शृंखला सकिएलगत्तै तीन खेलको एक दिवसीय शृंखला शुरू हुने छ। उक्त शृंखला चैत २०, २२ र २४ गते हुनेछ।