काठमाडौँ। बंगलादेशका पूर्वकप्तान शकिब अल हसन एक वर्षपछि टेस्ट क्रिकेटमा फर्कने भएका छन्। श्रीलंकाविरुद्ध चटगाउँमा मार्च ३० देखि शुरू हुने दोस्रो टेस्टमा उनले स्थान बनाएका हुन्।
शकिबले पछिल्लो पटक सन् २०२३ को अप्रिलमा टेस्ट खेलेका थिए। त्यसपछि आँखाको समस्याका कारण उनी टेस्ट क्रिकेटबाट टाढा रहेका थिए।
तर, यो अवधिमा उनी लगातार सेतो बलको क्रिकेट खेलिरहेका थिए। गत वर्ष एक दिवसीय विश्वकप खेलेपछि उनी बंगलादेश प्रिमियर लिगर ढाका प्रिमियर लिगपनि सहभागिता जनाएका थिए।
तौहिद हृदयको स्थानमा शकिब टेस्ट टोलीमा समावेश हुनेछन्। घाइते मुस्फिक हसनको स्थानमा हसन महमुद पनि टोलीमा परेका छन्।