काठमाडौं । जिम्बावेविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा बंगलादेश विजयी भएको छ ।
हरारेमा बुधबार भएको खेलमा बंगलादेशले घरेलु टोलीलाई १ सय ५ रनले हराएको हो ।
यस जितसँगै बंगलादेशले तीन खेलको सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ। सिरिज जिम्बावेले २-१ ले जितेको छ।
बंगलादेशले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ३२ ओभर २ बलमा अलआउट हुँदै १ सय ५१ रनमा समेटियो ।
जिम्बावेका रिचार्डले अविजित रहदै सर्वाधिक ३४ रन बनाए । भिक्टरले २६ तथा क्लिभले २४ रन बनाए ।
जिम्बावेलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ तथा ताइजुल इस्लाम र एबाडोट होसेनले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५६ रन जोडेको थियो ।
बंगलादेशका अफिफ होसेनले अविजित रहदै ८५ रनको अर्धशतकीय इनिङ खेले ।
अनामुल हकले ७६ रनको अर्धशतकीय इनिङ खेल्दा महमुदउल्लाहले ३९ रन जोडे ।
जिम्बावेका ब्राड इभान्स र लुक जोन्वीले २/२ विकेट लिए ।