एजेन्सी । न्युजिल्याण्डका पूर्व क्रिकेटर डानियल फ्लिनले क्रिकेट खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
न्युजिल्याण्डका पूर्व ओपनर डानियलले १६ वर्षे क्रिकेट जीवनबाट बिहिबार सन्यास लिएका हुन् ।
उनले न्युजिल्याण्डका लागि २४ टेष्ट, २० एकदिवसीय र ५ टी-ट्वान्टी खेलेका छन् । जसमा कुल १३ सय २५ रन बनाएका छन् ।
३४ वर्षीय डानियलले नर्दन जिल्लाबाट घरेलु प्रतियोगिता खेल्दै आएका थिए । उनले १०० फस्ट क्लास क्रिकेटमा २० शतक बनाएका छन् । उनले ७२ खेलमा कप्तानी समेत गरेका छन् ।