काठमाडौँ। विभागीय टोली नेपाल पुलिस क्लबले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार पुलिसले साविक विजेता न्यू डायमन्डलाई ३–१ को सेटमा पराजित गरेको हो।
पुलिसले न्यू डायमन्डलाई १८–२५, २५–२२, २५–२२ र २५–१८ को सेटमा हरायो। पहिलो खेलमा पुलिस एपीएफसँग ३–१ ले चुकेको थियो। दुई खेलमा न्यू डायमन्डको पहिलो हार हो। पुलिसकी कोपिला राना ‘प्लेयर अफ दी म्याच’ बनिन्।
प्रतियोगिताअन्तर्गत शुक्रबार २ खेल हुनेछ। पहिलो खेलमा पुलिसले आर्मीको सामना गर्ने छ भने दोस्रोमा न्यू डायमन्डले एपीएफविरुद्ध प्रतिस्पर्धा गर्ने छ।