काठमाडौँ। क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै अल नासरले साउदी प्रो लिगमा अल वेहदामाथि शानदार जित हासिल गरेको छ।
अल-अवल पार्कमा शनिबार राति सम्पन्न खेलमा नासर ६-० गोल अन्तरले विजयी भएको हो।
खेलको ५, १२ र ५२औँ मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए। १८औँ मिनेटमा अक्टोभियो, ४५औँ मिनेटमा साडियो माने र ८८औँ मिनेटमा मोहम्मद अल फातिलले गोल गरे।
जितसँगै दोस्रो स्थानमा रहेकझ नासरको ३० खेलबाट ७४ अंक रहेको छ। वेहदा समान खेलबाट ३२ अंकसहित १२औँ स्थानमा यथावत् छ।