काठमाडौँ। साविक उपविजेता एपीएफले सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल बुधबार सम्पन्न दोश्रो खेलमा एपीएफले पुलिसलाई ३-१ को सेटमा पराजित गरेकोहो।
पहिलो सेट २५–२१ ले जितेको एपीएफले दोस्रो सेट २२–२५ ले गुमाएको थियो। त्यसपछिका दुई सेट २५–१७ र २५–१६ ले आफ्नो पक्षमा पार्दै एपीएफले विजयी शुरूआत गर्यो। एपीएफकी सरस्वती चौधरी ‘प्लेयर अफ दी म्याच’ बनिन्।