काठमाडौँ। च्याम्पियन्स लिगको दौडमा रहेको एस्टन भिल्लालाई इङ्लिस प्रिमियर लिगमा ब्राइटनले पराजित गरेको छ।
अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा ब्राइटनले पाहुना टोली भिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो।
ब्राइटनको जितमा जोआओ पेड्रोको गोल निर्णायक रह्यो। उनले खेलको ८४औँ मिनेटमा गोल गरेका थिए।
जितसँगै ब्राइटन ११औँ स्थानमा उक्लिएको छ। ब्राइटनको ३५ खेलबाट ४७ अंक छ। चौथो स्थानमा रहेको भिल्लाको ३६ खेलबाट ६७ अंक रहेको छ।
एक खेल कम खेलेको टोटनह्याम ६० अंकसहित पाँचौँ स्थानमा छ।