काठमाडौं । बागमती प्रदेश पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
ललितपुरको महाङ्काल गाउँपालिकामा सर्वाधिक पुरस्कार राशीको पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र ललितपुर जिल्ला खेलकुद विकास समितिको सह–आयोजनामा हुने प्रतियोगिता बैशाख २२ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका सह–संयोजक कबिराज मालीले बताए ।
प्रतियोगिताको विजेता टिमले ३ लाख रुपैयाँ, दोस्रो हुने टिमले २ लाख रुपैयाँ र तेस्रो र चौथों हुने टिमले समान १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भरले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तालिका रहेको छ ।
प्रतियोगिताको संयोजकमा महाङ्काल गाउँपालिका उपप्रमुख डोल्मा लामा गोले र सह–संयोजकमा ललितपुर जिल्ला खेलकुद विकास समितिका सदस्य कबिराज माली रहेका छन् ।