काठमाडौँ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्धको टी–२० शृंखलाका लागि टोलीको घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपका लागि सबै टोलीलाई आफ्नो सम्भावित १५ खेलाडीबारे जानकारी दिन मे १ को मिति दिएको थियो। तर, समय बित्दै जाँदा पनि पाकिस्तानीले विश्वकप खेल्ने आफ्ना खेलाडीको नाम सार्वजनिक गरेन।
पाकिस्तानले आईसीसीलाई विश्वकप खेल्ने खेलाडीको नाम भने पठाइसकेको छ। तर, सार्वजनिक भने गरेको छैन। आयरल्यान्ड र इङ्ग्ल्यान्डविरुद्धको शृंखलामा खेलाडीको प्रदर्शन हेरेर पाकिस्तानले विश्वकप खेल्ने टोलीको निर्णय गर्ने बताइएको छ।
सम्भवत: आयरल्याण्ड र इङ्ग्ल्यान्डविरुद्ध शृंखला खेल्ने पाकिस्तानी टोलीले नै विश्वकपमा खेल्ने छ। मे २५ पछि आईसीसीको अनुमतिबिना कुनै पनि टोलीले आफ्नो १५ सदस्सीय टोली परिवर्तन गर्न पाउने छैनन्।
पाकिस्तान र आयरल्यान्डबीचको ३ खेलको टी–२० शृंखला मे १० देखि शुरू हुँदैछ। त्यस्तै, पाकिस्तानले मे २२ देखि इङ्ग्ल्यान्डसँग घरेलु मैदानमा ४ खेलको टी–२० शृंखला खेल्नेछ।
पाकिस्तानी टोली:
बाबर आजम (कप्तान), मोहम्मद रिजवान, आजम खान, सैम अयूब, फखर जमान, इफ्तिखार अहमद, इरफान खान नियाजी, अबरार अहमद, हसन अली, हारिस रउफ, शाहीन शाह अफरीदी, मोहम्मद आमिर, इमाद वसीम, नसीम शाह, शादाब खान, उस्मान खान, अब्बास अफरीदी र आगा अली सलमान।