काठमाडौँ। पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर लुकास हर्नान्डेज घाइते भएका छन्।
सिग्नल इडुना पार्क बुधबार राति सम्पन्न च्याम्पियन्स लिगअन्तर्गत बोरुसिया डर्टमन्डविरुद्धको सेमिफाइनलको पहिलो लेगमा उनी घाइते भएका छन्।
खेलको ४२औँ मिनेटमा बायाँ खुट्टामा चोट लागेपछि हर्नान्डेजको स्थानमा लुकास बेराल्डो मैदान प्रवेश गरेका थिए। ३६औँ मिनेटमा उनले डर्टमन्डका फरवार्ड निकलस फुलक्रगलाई गोल गर्नबाट रोक्ने प्रयास गरेका थिए।
निको स्लोटरबेकको पासमा फुलक्रगले पीएसजीका गोलकिपर जियानलुइगी डोनारुम्मालाई छक्याउँदै गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको डर्टमन्डले पीएसीलाई खेलभर रोकेको थियो।
दुई लेगको खेलको विजेताले जुन १ मा लन्डनमा हुने फाइनलमा रियल मड्रिड या बायर्न म्युनिखमध्ये एक टोलीसँग खेल्नेछ।