चितवन। प्रथम बागमती अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फ गण्डकी र महिलातर्फ बागमती प्रदेशले स्वर्ण जितेका छन्।
शुक्रबार भएको पुरुषतर्फको फाइनल खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई हराउँदै स्वर्ण जित्न सफल भएको हो। गण्डकीले २५-१८, २५-२२ र २५-१८ मा जितेको हो।
यता, महिलातर्फको फाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै बागमती प्रदेशले स्वर्ण जितेको हो। बागमतीले २५-२१, २५-१२, र २५-८ ले जित्दै स्वर्ण जित्न सफल भएको हो।
भलिबल अन्तर्गत महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गर्यो। लुम्बिनीले २५-१६, २५-१८ र २५-१७ ले जित निकाल्यो। त्यस्तै, पुरुषतर्फको खेलमा सुदूरपश्चिम ३-१ ले जित्दै तेस्रो स्थान हासिल गरेको छ। सुदूरपश्चिमले १८-२५, २५-२२, २५-२१, २५-१४ ले जित निकालेको छ।