चितवन। बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्फको दोस्रो खेलमा महिलातर्फ लुम्बिनी प्रदेश र पुरुषतर्फ बागमती प्रदेशले सहज जित हासिल गरेको छ।
मंगलबार भएको पुरुषतर्फको खेलमा बागमतीले कोशीलाई २५-२१, २५-१९ र २५-१५ को सेटमा हराएको हो। त्यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशमाथि ३-१ सेटमा जित हात पारेको छ।
सुदूरपच्छिमले १८-२५, २५-२१, २५-२१ र २५-१७ को जित हात पारेको हो। पुरुषतर्फ मंगलबार भएको अन्तिम खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशमाथि ३-१ सेटको जित निकालेको हो।
कर्णालीले २५-२१, २४-२६, २५-१६ र २५-१८ को जित निकाल्यो। मंगलबार नै भएको महिलातर्फको खेलम कर्णाली प्रदेशमाथि लुम्बिनी प्रदेशले सहज जित निकालेको छ।
लुम्बिनीले २५-१३, २५-१२ र २५१५ को जित निकाल्यो। दोस्रो खेलमा सुदूरपश्चिमले मधेश प्रदेशमाथि ३-२ सेटको जित हात पार्यो। सुदूरपश्चिमले २५-२०, २५-१०, १८-२५ २५-२३ र १५-१३ मा जित निकाल्यो।
मंगलबार भएको अन्तिम खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई सोझो सेटमा हरायो। जसमा बागमतीले २५-१३, २५-१३ र २५-१४ को जित निकाल्यो।