पोखरा। स्याङ्जाको फेदी खोलामा भलिबल प्रतियोगिता हुने भएको छ।
रामनवमी तथा चैते दशैँ मेलाको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हिमशिखर क्लबका अध्यक्ष दिलकाजी गुरुङले बताए।
गुरुङका अनुसार जिल्लास्तरीय र भेट्रान्स भलिबल प्रतियोगिता हुने छ। फेदी खोला रंगशालामा हुने प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, दोस्रो हुने टोलीले ८१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
भेट्रान्सतर्फ प्रथम हुने टोलीलाई बोका र दोस्रो हुने टोलीलाई कुखुराको भाले राखिएको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए।