एथलेटिक्स टोली पाकिस्तान जाने
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ।
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ।
फागुनको ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दुतमा नियुक्त गरिएको हो ।
‘शाइन रेसुंगा नेश्नल १० के रन’ प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो।
विश्वविद्यालय खेलकुद प्रतियोगिताको दोस्रो दिन भएको महिला तथा पुरुषको ८०० मिटरको दौडमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू प्रथम भएका छन्।
नेपाल भेटेरिनरी संघको आयोजनामा हुने चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजारभन्दा बढीको सहभागिता रहने भएको छ।
‘राइट टु प्रोटिन’ दौडको चौथो संस्करण आगामी माघ १२ गते हुने भएको छ। नेपाल भेटनरी संघको आयोजनामा हुने प्रतियोगिताको गत वर्षको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ दीपक अधिकारी च्याम्पियन बनेका थिए।
प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ।
नेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ शनिबार गरिमा रोड रेसमा पहिलो भएका छन्। १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो भएका हुन्।
मुकेशबहादुर पाल र पुर्णलक्ष्मी न्यौपाने खुला पाँच किलोमिटर दौडमा शुक्रबार पहिलो भएका छन् । मुकेश पुरुष तथा पुर्णलक्ष्मी महिलामा पहिलो भए ।
पाँच किलोमिटरको खुला मिनी दौड प्रतियोगिता धनु मानन्धर र सरिताकुमारी बस्नेतले जितेका छन्।
नेपाली कांग्रेस रुपन्देहीले विपि जयन्तीका अवसरमा ५ किलोमिटरको खुल्ला मिनी दौड प्रतियोगिता गर्न लागेको हो ।
नेपाली भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।