बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
  4. /
  5. शाइन रेसुंगा १० के रन फागुनमा

शाइन रेसुंगा १० के रन फागुनमा

२०२५ फेब्रुअरी ८, शनिबारखेलपाटी संवाददाता

शाइन रेसुंगा १० के रन फागुनमा

बुटवल। ‘शाइन रेसुंगा नेश्नल १० के रन’ प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। 

‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ। राष्ट्रियस्तरका धावक सहभागी हुने प्रतियोगितामा महिला/पुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ।

प्रतियोगिताको पुरस्कार राशि पाँच लाख रुपैयाँ रहेको छ। खुलातर्फको महिला/पुरुष विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ। एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको रकम नेपालकै सर्वाधिक पुरस्कार रकमसमेत हो। 

खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले २५ सय रुपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन्।

इच्छुक सहभागीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वेबसाइटमा गएर नि:शुल्क नाम दर्ता गर्न सक्नेछन्। बुटवलस्थित बैंकको केन्द्रीय कार्यालयमा समेत भौतिक रूपमा फारम भरी नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुन केन्द्रीय कार्यालय परिसरमै पुगेर समापन हुनेछ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ।

प्रतियोगिता अपरेसन र ब्यवस्थापनका लागि बैंककातर्फबाट सिईओ प्रकाश पौडेल र कखराकातर्फबाट हिमबिक्रम केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने उद्देश्य अनुरूप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको बताए।

‘विभिन्न सामाजिक क्रियाकलापमा बैंकको भूमिका अग्रणी नै रहँदै आएको छ। राष्ट्रियस्तरको कार्यक्रममार्फत खेलकुद र समाजप्रति उत्तरदायित्व पूरा गर्ने अवसरको रूपमा यसलाई लिएका छौं,’ पत्रकार सम्मेलनमा उनले भने। 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नाइट रन स्थगित

नाइट रन स्थगित

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु