मुकेश र पुर्णलक्ष्मी पहिलो

काठमाडौं। मुकेशबहादुर पाल र पुर्णलक्ष्मी न्यौपाने खुला पाँच किलोमिटर दौडमा शुक्रबार पहिलो भएका छन् । मुकेश पुरुष तथा पुर्णलक्ष्मी महिलामा पहिलो भए ।
विश्व पर्यटन दिवसका अवसरमा रोटरी क्लब अफे यल, पाटनद्वारा आयोजित दौडमा मुकेशले निर्धारित दूरी १५ मिनेट १२.७५ सेकेन्डमा पूरा गरे ।
१५ मिनेट १५.०२ सेकेन्ड समयमा सञ्जय श्रेष्ठ दोश्रो तथा १५ मिनेट ३०.८७ सेकेन्ड समयमा सन्जिव नेपाली तेश्रो भए । रत्नबहादुर खत्री चौथो, मिङमारसिंह तामाङ पाँचौं, धीरबहादुर बुढा छैटौं, सागर बुढाथोकी सातौं, सञ्जय राई आठौं, रणबहादुर रोका मगर नवौं र कर्णबहादुर रोका मगर दसौं स्थानमा रहे । सन्जिव एपीएफ तथा मिङमार सिन्धुपाल्चोकका हुन् भने बाँकी सबै नेपाल आर्मीका हुन् ।
एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् । निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्ड समयमा दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्ड समयमा तेश्रो बने । शीर्ष तीन स्थान हात पार्ने खेलाडी आर्मीका हुन् । नेपाल प्रहरीकी सुमित्रा चौधरी, एपीएफकी आशा रावत, सोलुखुम्बुकी सुशान्त कार्की, स्वयम्भूकी सोनु घटानी, निला जिमी, ललितपुरकी मन्जु सुनुवार र सुन्दरीजलकी सम्झना राईले क्रमशः चौथोदेखि दसौं स्थानमा दौड टुंगाए ।
पुरुष/महिला दुवैमा शीर्ष चौथो स्थानमा रहनेले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २ हजार नगद पुरस्कार पाए । पाँचौंदेखि दसौं स्थानलाई प्रोत्साहन स्वरुप समान १–१ हजार नगद पुरस्कार प्रदान गरियो ।
विजेतालाई रोटरी ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, आयोजक रोटरी क्लब अफ यल, पाटनका अध्यक्ष धर्मेन्द्रराज शाक्य, ललितपुर पर्यटन बोर्डका अध्यक्ष दिलेन्द्रराज श्रेष्ठ, ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्य, पूर्व खेलाडीद्वय विष्णु कार्की र वीरेन्द्रलाल श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि दौडको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
पाटन दरबार स्क्वायरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको दौडको पुरुषमा २ सय १० तथा महिलामा ४० गरी २ सय ५० खेलाडी (केहि विदेशीसहित) ले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।








-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

